आज नेपालि बजारमा सुनको भाउ स्थिर हुदां , चाँदी महँगियो

 

मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय १५ पुगेको महासंघले जनाएको छ ।