मनसुनको प्रभावले मौसम बदली र वर्षा हुन थालेसँगै काठमाडौँ उपत्यकाको तापक्रम ओरालो

केही दिनयता पूर्वी तराईमा भन्दा बढी गर्मी भइरहेको काठमाडौँ उपत्यकामा आज (सोमबार) देशि तापक्रम घटेको छ। 

मनसुनको प्रभावले मौसम बदली र वर्षा हुन थालेसँगै काठमाडौँ उपत्यकाको तापक्रम ओरालो लागेको हो। शनिबार (असार १ गते) ३५.३ डिग्री सेल्सियसमा उक्लिएको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम आज ३०.५ डिग्री सेल्सियसमा झरेको हो। 

यसअघि हिजो आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस थियो। यस्तै शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.५ डिग्री सेल्सियस छ।

तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा केही शीतल भएको छ।