काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Connecting%2520Karnali%2520Pic_CYB6ShacCv_ppmhhnudybj7rvwfvup6mpk0ouczihfynqphj0qoyqfu524xzotiandze5kd_YUIHHzbbND_omcov1zskufuwnnlcjg150ibfnolea4uw9qglhrvcj4uqs3oetmzejdwleli.jpg)
काठमाडौँ, ३ असारः सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ । मनघरी फाउण्डेशनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौँसँग जोड्ने अभियान सुरू गरिएको आयोजक एवं ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले बताउनुभयो ।
“हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ । यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो । यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत ग¥यो भन्नेमा हामी विश्वस्त छौँ”, आयोजक थापाले भन्नुभयो ।
कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सबै वर्ग र उमेर समूहका व्यक्तिलाई प्रदर्शनीमा देखियो । उहाँहरूको कौतुहलतालाई प्रदर्शनीमा राखिएको तस्बिर र भिडियोले मेट्न सफल भएको छ ।” काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा सम्पन्न प्रदर्शनीमा ३२ वटा तस्बिर तथा पाँच वटा भिडियोहरू राखिएको थियो ।
साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायले उत्पादन गरेका सामग्रीमा पनि प्रदर्शनी हेर्न आउनेले चाख दिएका छन् । अभियान प्रत्येक महिनाको पहिलो शनिबारदेखि सुरु भई तीन दिनसम्म चल्ने छ ।
![नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता एक स्थान खस्कियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dipendra-airee_N3KC0fKPal_bw6zothvqkekipmihyvy6pvjmelyneja2g5cjce1xgwdwsft2dwxtjaojzpi_OHtteQOHFg_akqdrqvbecpgmpmbqueuliqsc4iyirugx05pkljbizondkannm9tv6hjbmky.jpg)
नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता एक स्थान खस्कियाे
![बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Biratnagar.jpg_YPhL2QjiPZ_lklknnx4ctfiopguclchm8id3ldqum1x68ls7ef3vva9k6vcrxtg49ked1ef_KZXnAHTFJp_7rxsahfe5jkc3q4zmyrdpwzng3l2jyerq7olpqasog5zkxmm4xzfzijjuwi1.jpg)
बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुल्यो
![खोलाले बगाउँदा एक युवकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/flood-water_8dx1FU7VS0_iq6ct5fpPX_uj7zlyt1sdwz4z8tz0nh5pd34iky8vdjpfoxie5akgaukei3cybl7y27q1xx_Sxyurve8yY_txgtqlmldird3x1ovxibcizvmva2x5yfscnw0ph7jhleq5uzzzvnat2kygl8.jpg)
खोलाले बगाउँदा एक युवकको मृत्यु
![कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/7673c9a5-a4b0-41ca-8b84-7839a9475106_A0G4pLJgOx_5xlxqauhahevwlyfmqk7kb2dqtsqh6g25g3t0pxygrbke76glccjkfue0a2i_DvwppIEQrI_hgl82mtoyajcniwsffxwnw5qeu0dcyb987ruyyyhahm37ztm1dzmdqf5u3fz.jpg)
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति प…
![प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/air-pollution_VvUm6j3kjy.png.1200x650_q70_crop-smart_upscale_dOZBjDHu9q_mvedhf1jwg1jnomummjekt6x4vkcnqfu4ok4omxrwmfhlreypoba8lqciaoa_YdRTfNettl_q2o8ndwp0waibqqzjbrtsfbzh4gpxlz5bfiq9du3vn0y9vweh6gkssyamrlk.png)
प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु
![जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Railway-2_9KTXfVopvQ_c6idicnq5kxjet1idx8gbpeprnu3cyjtowopwmhbs4sjlhn6xs17pjb7oeus_7oeqdU3WIY_tmj404dpdj0mcvnhbd23cgf3oiylbmohj9uqo8xp2tuqus82ou2ysduvthrc.jpg)
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
![भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद](https://snowberry.prixacdn.net/media/gallery_folder/8998f29454ab60b30cf37e88cf92261f1719403180_upUj0bpd1Z_70bjebckmopti3kdgpvsam4ekipt7tpqdzjzuycsymzh11gn5jurut89bjlx_wWgDLLE9Dq_h41ek6n3hvkxy9ieinhn8hrk5gr4axwrpusf5qlycay1y2tsdmnn73esztqu.jpg)
भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
![नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20240626_170157_0miFZd2x2V_m0pf0zsotnqrbplpvvmpv4h90sj2nezjpscs2sr6guilc3elh1vw442i4rz0_QOkAIS3i8c_s5njuc48r4rosd4q0z56ynsol1b0vmmz0o6et4ta0dkcirgpnfjmwpsau9ea.jpg)
प्रतिक्रिया