अभिनेता सलमान खानको हत्या गर्ने योजना बारे उल्लेख गर्ने व्यक्ति पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Sallu_hv1v3YKlpU_fok4jbqzmkf3myr2km1ssri5txknia2qy6gxr978jk7pjmbsbxw10ewc9vzq_jFJoWTmeG0_dt2nnmqhqba9kbguikhgor03xgr8vibgcrb6ga0tjaanzl1zdf0ezrniqsra.jpg)
'अरे छोडो यार' नामक युट्युब च्यानलमा विष्णोई ग्याङ्गको बारेमा छलफल चलाउने र अभिनेता सलमान खानको हत्या गर्ने योजना बारे उल्लेख गर्ने एक व्यक्तिलाई मुम्बई साइबर पुलिसले पक्राउ गरेको छ । गत १३ अप्रिलमा विष्णोईको तर्फबाट खानको बन्द्रा निवाशमा दुई जना शुटरले गोली समेत चलाएका थिए ।
आरोपितलाई मुम्बई क्राइम ब्रान्चले पक्राउ गरेको छ, जो राजस्थानको बोरदा गाउँ घर भएका बनवारीलाल लतुरलाल गुजार रहेको बताइएको छ । थप अनुसन्धानका लागि उनलाई मुम्बई लगिनेछ । गुजारले आफ्नो युट्युब च्यानलमा एउटा भिडिओ अपलोड गरेका थिए, जसमा भनेका थिए, "लरेन्स विष्णोई, गोल्डी बरार र अन्य ग्याङ्ग सदस्य मेरो साथमा छन् । अहिलेसम्म माफी नमागेकाले म सलमान खानको हत्या गर्न जाँदैछु ।
ती आरोपितले राजस्थानको एक राजमार्गमा उक्त भिडिओ बनाएर आफ्नो च्यानलमा अपलोड गरेका थिए । घटनाको गम्भीरता विचार गरी अनुसन्धानका लागि राजस्थान खटिएको टिमले उनलाई पक्रिएको हो । यस विषयमा मुम्बईको साइबर पुलिस स्टेसनमा एक उजुरी दर्ता भएको थियो ।
"सन्दिग्ध गुजारको यसअघि कुनै आपराधिक पृष्ठभूमि रहेको विषयमा अहिले हामी खोजबिन गर्दैछौं । इन्डियन पेनल कोड अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी छ," प्रहरी अधिकारीलाई उद्धृत गर्दै पीटीआईले लेखेको छ ।
सलमान खानले सन् १९९८ देखि नै लरेन्स विष्णोई ग्याङ्गबाट धम्कीको सामना गर्दै आएका छन् । त्यतिखेर उनीमाथि जोधापुरमा चलचित्रको शुटिङका दौरान हरिणको शिकार गरेको आरोप लागेको थियो ।
![चुरोट पिउन अवरोध गर्नेलाई हङकङमा एक व्यक्तिले गरे छुरा प्रहार](https://snowberry.prixacdn.net/media/gallery_folder/20240626123342217812contentPhoto1_qj1NEZlFsi_ncekyusr9vlihbf9y3ml8rfve5yuidao3n2dggh4ggxuc2z7pfiwrjwvfsrz_Ag5TL3pNSQ_vdezljobhzo1pxe9unt25jgdcdkgyzitfh6ocpcl0kw9qzmcifocdoxzsigr.jpg)
चुरोट पिउन अवरोध गर्नेलाई हङकङमा एक व्यक्तिले गरे छुरा प्रहार
![अन्तः शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-26%2520131852_LFBBEsWFV8_wz3ngipq4a1ptrlmymlkl9kovhusrfyti7claklk5lyrxctnhosaenslrrxn_HhUCTKbAvt_urtfmcjwxqhj8uuhymhobbmtg3vooukjmp3wpz9yytgs7njok4fzkcuxd8xd.png)
अन्तः शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ
![आइन्स्टाइनको परमाणु बमको चिठ्ठी लिलामी हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-26%2520082430_CJXIaueTJd_mvjmtmvowsbgazdcyzylxvzftctjhbwprt5jcvybdadvqbyfy2rlliv6ygpz_jmpCRuKMBy_f2rmvhozpi58qansvvzznpfawycg0lgee9k90gzoo959dbjc3hid93j6sozl.png)
आइन्स्टाइनको परमाणु बमको चिठ्ठी लिलामी हुने
![तीव्र लडाईको बीचमा, युक्रेनले बालबालिकालाई खाली गर्न दियाे आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/photo_2023-05-31_09-59-21_4lrQxo6h3a_nirmwtzdsgz8gsjda3a05yxfkf7fxoat49zct2h42ydsog5mr5lhd7cucvxt_qKxxainWzC_gbe1ql4gpmiwz9lsipfwszdet1dedfcf5zehz5cqradhtkmfwyr5ywpwgjsj.jpg)
तीव्र लडाईको बीचमा, युक्रेनले बालबालिकालाई खाली गर्न दियाे आदेश
![क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान](https://snowberry.prixacdn.net/media/gallery_folder/canadas-population-projected-to-reach-63-million-by-2073-v0-_EBBUu7sVOk6YrTHfSHvgCdv9EYIGXCQkJ2aeFuhHpE_aG9CUTN8FN_ltasbxu2xrcw2hc6f54f8xc6p4glwqaadb2ncimgvenlgi8hq8bk1mjxngq5_vFmwjhMExn_znng0cv4hiiaxdfvdcsthm3jzac7hmec8uoho6rhnh5hqq1vujcrwikfzv6l.webp)
क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान
![गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको छ : राष्ट्रसङ्घीय प्रमुख](https://snowberry.prixacdn.net/media/gallery_folder/GazaFO-696x391_WnJn1ulXYR_vlvmobpx43qzswisfbu2zkvhfc12gs6qg7tdqwkl8uqwovqpy7tjuxre8iyg_w9cjvP6KYG_jse5m5g65pxwwkygo1tnhqo5a4usiy819qr18lyn5nogbrnpg9amxp1jslx4.jpg)
गाजामा चलिरहेको युद्धमा दैनिक १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइर…
![पूर्वरुसी प्रधानमन्त्री शोइगु र सेना प्रमुख गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी](https://snowberry.prixacdn.net/media/gallery_folder/eojrlm2ehflwdi6nttp3353cku_4295607_20240625230546_AwpfsnlJq4_asjip8xcv13bxy8zxngpwksywrmkjt9ktirjapbl82ih0bauzugrkxxvj0ug_1NgoanjlCQ_sln14iyqls0v1yc2nw4bmqkjy02giqtkujmzcfkdnst0ulueclz68lbaeqfj.jpg)
पूर्वरुसी प्रधानमन्त्री शोइगु र सेना प्रमुख गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी
![सोनी म्युजिक, युनिभर्सल म्युजिक ग्रुप र वार्नर रेकर्डसले कृत्रिम बुद्धिमत्ता कम्पनीहरू सुनो र यूडियोमाथि मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/111256998_yyD0UOWGzp_2xshykekwqjjidiqilqdvm6givdy4zc0svld5lwrjlph6f3urhtu6oc2aw3x_hTUMmsqC6r_hwg7khylfpijasoigiizofhnvippanvembie6vrvsujnluoeydjllhvbfq7n.webp)
प्रतिक्रिया