ट्रकको  ठक्करबाट स्कुटर चालकको मृत्यु

 ललितपुरको बालकुमारीमा ट्रकको  ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डे रहेका छन्। सोमबार (आज) साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको ट्रकले सोही दिशामा रहेको स्कुटरलाई ठक्कर दिएको थियो। 

प्रहरीका अनुसार ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि तत्काल बी एण्ड बी अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको होृ।