विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kalopatre_dvee1Aav35_iknlg1mljltiymshxq2fqr67szottkjoi93x7awlbe55q2iw2wq0jq1k9hy8_0leTbwc75J_osfpmcccsmzmjmm6qzuuiprtssk492vllbt7scr3e3aj2hyvijjdzkfbhttz.webp)
काठमाडौँ, ३ असारः विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाभित्रका तीन सडक कालोपत्र गर्न थालिएका छन् । कालोपत्रका लागि निर्माण व्यवसायीसँग जेठ २३ गते एक वर्षका लागि ठेक्का सम्झौता भइ शिलान्यास भइसकेको छ भने अहिले मूलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ ।
विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न पाउने गरी सम्झौता भएको थियो । हाल रु ४३ करोड २१ लाख लागतमा आशिष÷फेवा जेवीले सडक निर्माणको काम गरिरहेको छ । आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्म साढे ८.६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमि सडक कालोपत्र गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
“एक वर्षभित्रै काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाउनुभएको छ, नगरभित्रका सबैभन्दा ठूलो लगानीमा बन्न थालेको तीन सडकले बानपालाई समृद्धिको यात्रामा थप अगाडि बढाउनेछ”, श्रेष्ठले भन्नुभयो, “यस्तो अनुदान देशभरका १७ नगरपालिकाले मात्रै पाएका छन् । हामीले देशभरमै पहिला काम सुरू गरेका छौँ ।”
तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत उक्त सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार सडक पाँच दशमलव पाँच मिटरदेखि नौ मिटरसम्म चौडा हुनेछन् । निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढलान गर्ने, नाली निर्माण गर्ने, पर्खाला लगाउने, फटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको सौन्दर्यकरण गर्नेछ ।
![कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/7673c9a5-a4b0-41ca-8b84-7839a9475106_A0G4pLJgOx_5xlxqauhahevwlyfmqk7kb2dqtsqh6g25g3t0pxygrbke76glccjkfue0a2i_7m5NtV5iMc_vevoq8gbcaleps8sxg5ylapbga9lrlhmsshaujzuz8k9fwyyurmudd0fa7ek.jpg)
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति प…
![प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/air-pollution_VvUm6j3kjy.png.1200x650_q70_crop-smart_upscale_dOZBjDHu9q_mvedhf1jwg1jnomummjekt6x4vkcnqfu4ok4omxrwmfhlreypoba8lqciaoa_NhtMesCM7o_si6id2l4ubq5hdqvjhqoodccbarvs2civb3rabw5vu801uzkj1wnihgvck8u.png)
प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु
![जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Railway-2_9KTXfVopvQ_c6idicnq5kxjet1idx8gbpeprnu3cyjtowopwmhbs4sjlhn6xs17pjb7oeus_n4IgmwwweX_zy6nqvdxpqgkeq4o0t8o40gddj0wweatrabgkziey5u4jndtwnlbgf1hobbr.jpg)
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
![भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद](https://snowberry.prixacdn.net/media/gallery_folder/8998f29454ab60b30cf37e88cf92261f1719403180_upUj0bpd1Z_70bjebckmopti3kdgpvsam4ekipt7tpqdzjzuycsymzh11gn5jurut89bjlx_WT69N2wriG_o7j0mpjvap6uqmjiuas7trfxov308kabuxjmntstrbkexe2w5tmesjtf7hzh.jpg)
भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
![नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20240626_170157_0miFZd2x2V_m0pf0zsotnqrbplpvvmpv4h90sj2nezjpscs2sr6guilc3elh1vw442i4rz0_IbropJBr3Z_c8cibvzdo3sebk7uotnplvoqlb760xfykstrkdqyxd1noikymb5smagfjkdr.jpg)
नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने
![ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_Ev4PTENY70_vvqzsso9xalshpbaivu4xwlwromkyufp9khcx4hrlsgie3ejztreh9g3zcyo_jkbu68qBGl_ftusomwxivxawc66vkksmyv1kuul8vlmn7r43gmriv1r7nwxamulcpexe3el.jpg)
ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल
![रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa_rsp_office_rabi_1687431071_HTU0AAthzz_ptiogndu6g9pxxpnotcsw8rdwvzylugllk6xz7ruwhkwtlrhila3mrjrcgde_G2q9eiqBL9_qsoxdrykdmwuptxdtxvpmrl3am3fds8nxy6mcrkrnremlandoputd4r7vwbx.jpg)
रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन
![पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Patrakar-Mahasang-768x574_gljVbTTAes_dpcrilwed6ojvpgnsyoltb01h9mqpmc2sp7o1sxizkzl8ayfka9goonodzqh_X0FgcdW8I8_urq6rbth9oasrahke42bho5pqu90wnpfonxij0sl9ex54rlof4xnypaoqhwx.jpg)
प्रतिक्रिया