वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बालेन घेर्न काठमाडौं महानगरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीको गठबन्धन

केन्द्रमा सरकार बनाउन मात्र होइन अब स्थानीय तहका जनप्रतिनिधिलाई घेर्न पनि गठबन्धन बन्न थालेको छ। केन्द्रमा कांग्रेस र एमाले छुट्टाछुट्टै गठबन्धनमा रहे पनि काठमाडौं महानगरमा भने मेयर बालेन शाहलाई घेर्न तीन दलीय गठबन्धन बनेको छ। यो तीन दलिय गठबन्धनको अर्काे साझेदार हो, माधवकुमार नेपालको दल एकीकृत समाजवादी।

 

०७९ को निर्वाचनमा कांग्रेस र एमालेले आआफ्ना उम्मेदवार उठाउँदा पनि मेयरमा जित्न सकेनन्। बरु स्वतन्त्र उम्मेदवार बालेन शाहले बाजी मारे। तर, वडाध्यक्ष, सदस्यमा भने दलीय प्रतिनिधि नै छन्। बालेन समूह बनाएर चुनाव लडेका थिएनन्, त्यही भएर दलका उम्मेदवारले जिते नै।

बालेन मेयर बनेको दुई वर्षमा सुधारका काममा लागेका छन्। तर, त्यसमा दलीय प्रतिनिधिहरुले अत्तो थापिरहेका थिए। पछिल्लो पटक न्यूरोडमा फुटपाथ फराकिलो बनाउने विषयमा संघ सरकारले हस्तक्षेप गरेको थियो। यो विषयमा बालेन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नोकझोक नै चल्यो।

https://barnanmedia.com/news/detail/179346/

सरकार र ट्यांकर चालक संघबीचको वार्ता सकारात्मक,पेट्रोल पम्प खुल्ने

सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीचको वार्ता सकारात्मक भएको छ। 

केहीबेरअघि सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न छलफल सकारात्मक भएपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुने भएको हो। आज बिहानैदेखि ट्यांकर चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको कृतिम अभाव गराइएको थियो।  त्यसलाई रोक्न उद्योग मन्त्रालयले पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमसँग छलफल गरेको हो। 

 

छलफल सकारात्मक भएको र चालकहरु ढुवानीका लागि तयार भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। उनका अनुसार विभिन्न ७ माग निगमले पूरा गर्ने र अन्य मागका लागि कमिटी गठन गरिएको छ। त्यस्तै अबको एक घण्टाभित्र काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको सहज उपलब्धता हुने उनले बताए।

https://barnanmedia.com/news/detail/179413/

सर्वाेच्चमा आठ प्रतिशत फैसलासर्वाेच्चमा आठ प्रतिशत फैसला

 आर्थिक बर्षको अन्तिम महिनाको पहिलो दिन अर्थात् आइतबार सर्वाेच्च अदालतले आठ प्रतिशत मुद्दाको फैसला गरेको छ । 

 

सोमबारको लागि साप्ताहिक पेशीमा चढेका ६ सय एकचालिस मुद्दामध्ये पांच सय पचास वटा दैनिक सूचिमा चढे  भने दैनिक पेशीमै चढ्न नसकेका ९१ वटा मुद्दामध्ये जम्मा ५० वटा मुद्दामा फैसला भएका छन् ।

पेशीमै चढेका मुद्दामध्ये दश प्रतिशतभन्दा कम र दैनिक पेशीमा चढ्नबाट छुटेका एकानब्बे वटा मुद्दा समेत हिसाब गर्दा आठ प्रतिशत फैला भएको दिन सर्वाेच्च अदालतमा वहालवाला सबै सत्रैजना न्यायाधीश उपस्थित भएका थिए । 

न्यायपरिषद्ले सबैभन्दा बढी फैसला गर्ने न्यायाधीशलाई सम्मान गर्ने भएकाले असार महिनासम्ममा पुग्दा न्यायाधीशहरुमा फैसलाको लगत कस्ने अस्वस्थ होडबाजी चल्ने गरेतापनि दश प्रतिशतभन्दा पनि कमै फैसला हुने अवस्थाले सर्वाेच्च अदालतको फैसलाको दरप्रति चिन्तित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

https://barnanmedia.com/news/detail/179357/

ओली–प्रचण्ड सहकार्य संकटमा परेकै हो त ?

गत शनिबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका उही आशयका सरकारविरोधी अभिव्यक्ति सार्वजनिक भए । रास्वपाका नेता तथा स्वयं सरकारमा रहेका मन्त्री विराजभक्त श्रेष्ठले सरकार परम्परागत शैलीमा चलिरहेको बताउँदै यही अवस्था रहे सरकारमा बस्नुको औचित्य नहुने स्पष्ट पारे । खल्तीमा राजीनामा बोकेर हिँडेको पनि उनको भनाइ थियो । 

त्यही दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सरकार र त्यसमा पनि माओवादीप्रति विशेष रोष प्रकट गरे । बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको दल माओवादी) केन्द्रित भयो भनेर आलोचना गरेको २ साता नपुग्दै एमाले अध्यक्ष ओलीले पुनः असन्तुष्टि व्यक्त गरेका हुन् ।

अघिल्लो असन्तुष्टिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको भेट भएको थियो र त्यसपछि उनले खासै समस्या नरहेको बताएका थिए । तर असार १ गते संसदीय दलको बैठकमा फेरि बजेटको आलोचनामा उत्रिँदै उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दोषी करार गरिदिए ।

https://barnanmedia.com/news/detail/179368/

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।  

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आउनुभएको हो ।

योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन

 जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।
 
सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्र भए पनि बिरुवा–क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्र गर्ने सुरसार छैन । निर्माण कम्पनी बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि  पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दाहालले मदिरा पिएर होहल्ला गरेपछि पुगे हिरासत

रामेछापको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख सुरेश दाहालले मदिरा पिएर होहल्ला गरिरएको भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा दाहालले रामेछापका राजनीतिक दलका प्रमुख, सांसद, जनप्रतिनिधि लगायतको नाम तोकेर अपशब्द बोल्दै हिँडेको देखिन्छ। सोमबार बिहानै कार्यालयमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि सुरुमा स्थानीयले वडा नम्बर ८ का अध्यक्ष सन्तोष तामाङलाई खबर गरेका थिए। वडाध्यक्ष तामाङका अनुसार, उनी दैनिकजसो मदिरा पिएर लठ्ठ भएपछि कार्यालयकै छतमा बसेर होहल्ला गर्ने गरेका रहेछन्।

 

‘दैनिकजसो नगरपालिकातिर हेरेर कराउने गर्नुहुँदो रहेछ, हामीले यसअघि पनि गुनासो आइरहेको थियो,’ तामाङले  भने, ‘आज पनि यस्तै गुनासो स्थानीयले गरेपछि मैले नै समन्वय गरेर प्रहरी झिकाएको हुँ।’दाहाल कार्यालयकै भवनमा बस्ने गर्छन्। उनलाई सरकारले नै क्वार्टर उपलब्ध गराएको छ। सरकारी क्वार्टरमै बसेर उनले मदिरा सेवन गरेको भिडिओमा देखिन्छ। सोमबार बिहान उनले होहल्ला गरेपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा केही प्रहरी अधिकारीहरू पनि भू तथा जलाधार व्यवस्थापनको कार्यालय पुगेका थिए। 

स्थानीय उत्पादनको प्रसारप्रचार गर्न दुई दिने औद्योगिक प्रदर्शनी मेला

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले सदरमुकाम सिमकोटमा दुई दिने औद्योगीक प्रदर्शन मेला सञ्चालन गर्ने भएको छ । 

 

कार्यालय प्रमुख प्रदीप रेग्मीले स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले यही असार ११ र १२ गते औद्योगिक मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यालयमा दर्ता भएका उद्योगीहरूका विभिन्न उत्पादन तथा फापरबाट बनेका विस्कुट, कोदोबाट बनेका विभिन्न परिकार मेलामा राखिने उहाँले बताउनुभयो । यसैगरी स्थानीयले उत्पादन गरेका राडिपाखी, होजियारी, लत्ताकपडालगायत सामग्री पनि प्रदर्शनीमा राखिने छन् । 
जिल्लामा लुकेका विभिन्न स्थानीय रैथाने सीप र उत्पादन साग्रमीलाई प्रचारप्रसार गर्ने कार्यालयको परिकल्पनाअनुसार प्रदर्शनी मेलाको आयोजना गरिएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । 

कास्की–तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने

 गण्डकी प्रदेश सरकारले कास्की–तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ ।

    प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा औद्यागिक पूर्वाधारका रूपमा प्रादेशिक औद्यागिक क्षेत्र र औद्योगिक ग्रामको न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । गण्डकी प्रदेशमा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीनवटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले बताउनुुभयो ।

 महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सबलीकरण, सम्भावना बोकेका उद्यमहरूको स्तरोन्नतिका लागि स्थानीय तह तथा साझेदार संस्थासँगको लागत तथा प्राविधिक साझेदारीमा प्रदेशभित्रका पाँच स्थानीय तहमा वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई परीक्षण परियोजनाका रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुुभयो ।

जिल्ला अदालत ललितपुरले मिटरब्याजी मालीलाई मानव बेचबिखनमा तथा ओसारपसार कसुरमा दोषी ठहर, १० वर्ष कैद सजाय

जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय सुनाएको छ ।

ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । 

मालीलाई दोषी ठहर गर्दै आइतबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले यस्तो सजाय सुनाएको हो । न्यायाधीश बख्रेलको एकल इजलासले २०८१ जेठ १३ गते मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । माली पुर्पक्षका लागि थुनामा थिए । 

 

मालीले पीडित महिलालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत भनेको  छ । अदालतले महिलालाई यौन शोषण गर्ने मतियार उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ ।

जिल्ला अदालत ललितपुरले मिटरब्याजी मालीलाई मानव बेचबिखनमा तथा ओसारपसार कसुरमा दोषी ठहर, १० वर्ष कैद सजाय

सुर्खेतमा इनार खन्नेक्रममा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका- ११ पिपिरामा तोरण विकको घर आँगनमा इनार ख‍न्नेक्रममा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माका अनुसार सोमबार अपराह्न ४:२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए। ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक र अर्थमन्त्री वर्षमान पुनबिच शिष्टाचार भेट

 विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहदबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । 

 विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहदबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । 

ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौँमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो  रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र  मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । आकिहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र   रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् 

 

बागमती प्रदेश सरकारको प्राथमिकतामा सडक, भवन र सहरी पूर्वाधार

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी रु २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ । 

प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई ‘बृहत् हेटौँडा सहर’ का रूपमा रूपान्तरण गर्न आगामी आवमा सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको प्रदेश सरकारले सङ्घीय सरकारको समन्वयमा विपद् जोखिमयुक्त बस्तीहरूमा स्थान्तरण गरी सामूहिक बस्ती विकास पाइलट परियोजना सुरुआत गर्ने जनाएको छ ।   प्रदेश लोकमार्ग तथा प्रदेश मार्ग निर्माण तथा स्तरोन्नति गर्ने र सडकको सीमा तोक्ने कार्यलाई प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गत कार्यान्वयन हुने गरी विशेष प्राथमिकता दिने र काठमाडौँ उपत्यका तथा प्रदेश राजधानी हेटौँडाका नदी करिडोर व्यवस्थापनका लागि आवश्यक अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने प्रदेश सरकारको योजना छ ।

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

 वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ।