सुर्खेतमा इनार खन्नेक्रममा दुई जनाको मृत्यु

 सुर्खेतमा इनार खन्नेक्रममा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका- ११ पिपिरामा तोरण विकको घर आँगनमा इनार ख‍न्नेक्रममा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माका अनुसार सोमबार अपराह्न ४:२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए। ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो ।