मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

 वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजा रहेका छन्। प्रहरीका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर अचानक चट्याङ लागेको थियो। 

चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।