पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनी डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।

आईतबार बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।