भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_3902_OnASpJ1tHm_f7ianseuiopqq2le1ixtd2ibvttbqdmqcwyjbmw9lhbjinptizazccrjyczt_Tg2ToYVQru_iid55c9kusulzyowt5nsvoo3t7olnt82wxbjkqvyjslahqhzlniijlob1qkw.jpg)
काठमाडौँ, ३ असार : भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए ।
आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाबाट विनियोजन गरिएको रु एक करोड बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण–५ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
“सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो । वर्षात्मा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले रु १५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उहाँले बताउनुभयो ।
“सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ”, उहाँले भन्नुभयो । चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ । सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताउनुभयो । स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुने छ ।
![रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग](https://snowberry.prixacdn.net/media/gallery_folder/suman_ZwZcLpMTOT_1Bvw7g2Kk1_uz1spo9n5f2hz9rlixvd05luob525lgyq4mmccawpwzzsbaokhka8poxovve_mFOnwFKybZ_qubmqsdtaptp4ltcm79qdksmeyagtsdawwiwlrzlfdf5c8kqfmdp7zdswvyq.jpg)
रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग
![अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखे](https://snowberry.prixacdn.net/media/gallery_folder/swastima-samragee-jasita_eswZhutf2V_tsoid3ixm1qzbcx5h4tclidyxgtmtdyrsglgjlizccajqcmocekj6rjtdrzi_h1KhtnnUTN_dsdrnaxzhyj52ausb0fibabpuitz2vbobuxihb8xylzykecdoufmpqbzdo2z.jpg)
अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कला…
![२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स](https://snowberry.prixacdn.net/media/gallery_folder/CTEVT-Gate-crop-c0-5__0-5-1200x630-70_bq5JtA8mcV_pqi3gjhtovgzq5uwrbghcbowvdtfipwx2yk2fq8qfqfe7b6mzhxm0rxkzirl_8wuDJUab9Y_do3gxkhonpuvshj11xovczahcvvw8wakoej3g5sfi2jnvno6icczx37smycb.jpg)
२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड…
![लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/Lumbini-Pradesh-1_YcZVI5Vpr8_nt7psh9yeym12fpq6pecli0yduf28gnwqudzynjteoqkj8vsczcoq3pcrvqf_Vh8yOyloKg_bd4wesr1aphbydoqoejgh0nuu9rorvjkhymiqxjxxnwhivq0uxxmg2rdf2in.jpg)
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
![बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन](https://snowberry.prixacdn.net/media/gallery_folder/maize_PmdXrBtBjw_evdkg1oin54xajfviiod0ysxekp9urq7rsx2qkzmsnuf5cty29vtu2bhfqel_sWptKcSXEt_kdyqb1fzcsumhtdxnbdncrszkub1qea2brplze1ejcxsh4ddlfvqyff4ydci.jpg)
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
![अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/health_raFSCxdrIW_ufti7ehdqbqxzqh0kb82cnbffwf7xkmnvbaobbffkfopnetxsmgf3ekfeed9_bRCX4XGQ5f_ewfaaawa9xekxzecpwhes7e7rgwvpvffv0u7xsmbnmzxmlfdf6t5dvt55xzn.jpeg)
अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान
![राहुल गान्धी बने भारतीय लोकसभामा विपक्षी नेता](https://snowberry.prixacdn.net/media/gallery_folder/images_bx5tt5453l_wxxatvdabnmm9l3fxqo2cqvhlt453t9vpyejr97rhz2ioc9ay6kwtfnwaioh_bWL6Ub5Jdk_3mm1yfyddz4bm5adfgwtfiufr2fksxy5snrghpr7vjyctmmqifif9tczvmoc.jpeg)
राहुल गान्धी बने भारतीय लोकसभामा विपक्षी नेता
![रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन](https://snowberry.prixacdn.net/media/gallery_folder/death-reu_i60ZudILSA_wncbucxhpwernjgw5kyjsuwc79qmbjma2v8quskhsl1zqnbdvovv7d3cbf3b_GhG1gP91cZ_qtadnka5pt57ofdaglgdyrob2curvlvhobgz2wrpu00h78hfc8baxhgrfv1p.jpg)
प्रतिक्रिया