जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1644762928_jumla%2520sadaknews-1200x560_kJAG6Fjkz0_xw73vn9jvalopvqrijin9oh6fkealj9qc0iukesuwajzfoaxnqkie4yevfjs_SdPXmmiM8V_ysujeucyqc8dyvwi001v5rue6vw8xdi4gkovamtgaxxjjy6kimuhghmxzx47.jpg)
काठमाडौँ, ३ असार : जुम्लाका आठै स्थानीय तहमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण कमजोर देखिएका छन् ।
महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका स्थानीय तहको सडक निर्माणको अवस्था कमजोर देखिएको हो । तिला गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत चार सडक र एक ग्राभेल सडक मात्र निर्माण गरेको छ । तिला गाउँपालिकाले सडक कालोपत्र र मर्मत नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सिञ्जा गाउँपालिकाले दुई दशमलव पाँच प्रतिशत मात्रै सडक ग्राभेल गरेको छ । तातोपानी गाउँपालिकाले सडक ग्राभेल पाँच सय ६० मिटर र चन्दननाथ नगरपालिकाले दुईवटा सडक कालोपत्र र एकवटा सडक ग्राभेल गरेको छ ।
हिमा, पातारासी, कनकासुन्दरी र गुठीचौर गाउँपालिकाले पूर्वाधार विकास सडक निर्माणअन्तर्गत सडक कालोपत्र, सडक मर्मत र सडक ग्राभेल नगरेको प्रतिवेदनमा भनिएको छ ।
सङ्घीय र प्रदेश सरकारबाट सीमित बजेट स्थानीय तहमा प्राप्त हुँदा पालिकाले सोचेअनुरूप पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्र र ग्राभेल गर्न नसकेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाले विभिन्न ग्रामीण भेगसम्म सडक जोडेका छन्, तर स्तरोन्नति हुन सकेका छैनन् ।
तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा अझै सडक पुग्न सकेको छैन । यी वडा पालिकाको सबैभन्दा विकट हुन् । भौगोलिक विकटताकै कारण यहाँ सडक पु¥याउन करोडौँ बजेट लाग्ने अनुमान गरिएको छ । पटकपटक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग माग गरे पनि सम्बोधन नगरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।
![इर्कुत्स्कमा गहन युद्धाभ्यास गर्दै रूस](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
इर्कुत्स्कमा गहन युद्धाभ्यास गर्दै रूस
लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह…
![स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_P1wbyzdP4B_jv2rrxmdf2ugmzmrjfvdg8oiqtrfins66vj2krppholywxi6jsor7v9qxnyz_0Wg9H5EKzR_huw7ufrqgsoomkvf0knrqwsr8e7ylfzqw18hoaiy0fyoshlblbkydokfguvz.jpg)
स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
![बुधबार दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/Share-down.2024-01-21-03-01-34_3vUonRiEvN_f6mjuv8ag7bfwo5hnfbsxtvdtlhszlb7viun53prgj3in9yphotfbuzidktu_INko2Ihywt_fw0oxvtkjf2nmuwif79msxqm3yry6yflmqqohi0wwwd6uvjio63leug05nex.jpeg)
बुधबार दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार
![लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/Womens%2520Team%2520treaning_7M9UxAqk6p_3nqjvjyhusfsj97x1k6sy3u4ikj4xbqtrcszum9kfaolr90cqmardz3cdvu9_Ggk4CzUazY_wyuoh2dhjfetxoouynbszp8dybc5wueejx1rt9c4lnkrowoergau8spqcojs.jpg)
लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा
![‘उज्यालो गण्डकी’ अभियान सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/gandaki%2520pradesh%25201231679557080_ajRiVNtkxn_z8xq8fcwa8qcn1sesqkpnpznzjcgjsdxk4euf0f5mnl3jonvg3706oobgo7y_oHNkusbWxj_lvdubiwjntz7kpwqf3iu7vu21vmtvzalecgs3xyzcahwaovvf2k6y3i2ku9r.jpg)
‘उज्यालो गण्डकी’ अभियान सञ्चालन
![ब्राउन सुगरसहित एक युवक गेस्टहाउसबाट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/broun-suger-ktm_y1uBLZh6SJ_ZroRKYa4EG_ojrwl7gurmyoczqk2o7hvsdwd4ccl8wl8f0cvlb14bszwvhx7nj2zq1xkajp_ONnG1B3RsL_ujzjpsapfdgnmt5ty2bd3it7e167oc1mhvdz3czac6hwjabezhoiger3fa8a.png)
ब्राउन सुगरसहित एक युवक गेस्टहाउसबाट पक्राउ
![मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई](https://snowberry.prixacdn.net/media/gallery_folder/MBM-1024x575_U7UaGFLJ1f_yx5ymsjl5snxzxv8kuvdaqv4fiuvrg2vgxhupt3eiaz9b34h8ibixohxkqru_pDn9ZDHsd6_ie7ilc4btqag3namuzos4mw2gjuzjelmde4funuo45obvkexa75tgjczqx1a.jpg)
प्रतिक्रिया