आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले गिरावट

 सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ तोलामा १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको छ ।