मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्की बस्ने ४५ वर्षीय वीरबहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो। 

प्रजा आफ्नै घरमा सुतिरहेको अबस्थामा सोमबार (आज) बिहान चट्याङ लागेर घाइते भएका राक्सिराङ गाउँपालिका २ का वडाध्यक्ष बुद्धराम मोक्तानले जानकारी दिए। 

घाइते प्रजालाई उपचारको लागि हेटौंडा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताइन्।

गएराति पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका पनि चट्याङले लाग्दा ५६ वर्षीय बिमलप्रसाद पन्तको मृत्यु भएकाे थियाे।