कैलालीमा करेन्ट लागेर एकको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा विद्युत बिग्रिएपछि बनाउने क्रममा आइतबार करेन्ट लागेर बम गम्भिर घाइते हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।