बंगलादेशसँग भिडनुअघि नेपाली समर्थकलाइ समर्थन गरि राख्न मोन्टी देसाईकाे आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले समर्थकलाई बंगलादेशसँगको भिडन्तको पूर्वसन्ध्यामा समर्थन जारी राख्न आह्वान गरेका छन्।

दक्षिण अफ्रिकासँगको झिनो हारले समर्थक निराश भइरहेका बेला प्रशिक्षक मोन्टीले उक्त आग्रह गरेका हुन्।उनले भनेका छन्, ‘म यो युवा प्रतिभाभरित टोलीलाई समर्थन गरिराख्न समर्थकलाई आग्रह गर्छु।’उनले भोलि फेरि बंगलादेशविरुद्ध खेल्नलागेकाले १ बलको दक्षिण अफ्रिकासँगको युद्धलाई सन्देशका रुपमा लिएर यसलाई नै युवा सपना पूरा गर्ने उत्साहका रुपमा लिनुपर्ने उल्लेख गरेका छन्।

नेपालले जारी विश्वकपमा पहिलो हारबाट सुरु गरे पनि दोस्रो खेल नहुँदा १ अंक बटुलेको थियो। तेस्रो खेल दक्षिण अफ्रिकासँग रोमाञ्चक बनाएको नेपाल अन्तिम बलमा १ रनले पराजित भएको थियो। सोमबार बंगलादेशसँग नेपालले अन्तिम खेल खेल्नेछ।