२५ अर्ब किलोमिटर टाढाबाट आयो पृथ्वीमा सन्देश, उत्साहित भए नासाका वैज्ञानिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Voijer-2_oBM3bzbWSJ_grgeal5qose9ynzznxtjhkjg95tn0wgn3uixmznk9vadjhjvqqkmpyjnfuyx_flqw8CFEjt_upodzgbxijqtw0te0kh5vddl0clsuklqjd8ob7gokii0hn3ordns6ak46eav.jpg)
पृथ्वीबाट २४ अर्ब किलोमिटर टाढा रहेको मानव निर्मित वस्तु ‘भोयजर-१’ यानले पुन: पृथ्वीमा डेटा पठाएको छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन ल्याबाेरेटरीले एक ब्लग लेख्दै पुन: वैज्ञानिक कामका लागि भोयजर १ यानले पृथ्वीमा डेटा पठाएको जानकारी दिएको हो ।
नासाका अनुसार यस अन्तरिक्ष यानमा भएका चार ओटै यन्त्रले सङ्कलन गरेका डेटा पृथ्वीमा पठाइएका छन् । यानमा नोभेम्बर २०२३ देखि समस्या आएर यान सम्पर्क हुन सकेको थिएन । अहिले वैज्ञानिकले यानमा भएको समस्या पहिचान गरेर समाधान गरिसकेका छन् ।
वैज्ञानिकका अनुसार सङ्कलन गरिएका डेटा पृथ्वीमा पठाउन प्रयोग हुने यानको फ्लाइट डेटा सबसिस्टम (एफडीएस)मा समस्या भएको थियो । सो कुराको समाधान गर्न वैज्ञानिकहरूले नयाँ कोड यानमा पठाएका थिए । मर्मत भएपछि यान पहिलो पटक गत अप्रिलमा पुन: सम्पर्कमा आएको थियो ।
४६ वर्ष पुरानो यो यानलाई सुरुमा वृहस्पति र शनि ग्रहको अध्ययन गर्न सन् १९७७ मा प्रक्षेपण गरिएको थियो । सो मिसन औपचारिक रुपमा १९८० मा नै पूरा भएपनि यान अझैसम्म सक्रिय रहेको छ । यसपछि अरुण र वरुण ग्रहको समेत अध्ययन गर्न भोयजर-२ पठाइएको थियो ।
यी दुवै यान इन्टरस्टेलर स्पेस (तारा अथवा ग्रह नभएको स्थान) मा रहेको नासाको भनाइ छ । जसले गर्दा अन्तरिक्षको रहस्यमयी क्षेत्रबारे अझ महत्त्वपूर्ण डेटा प्राप्त हुने वैज्ञानिकले आशा गरेका छन् ।
![विकिलिक्सका संस्थापक जुलिअन असान्ज बेलायती जेलबाट रिहा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-25%2520111424_gbyY93eJDv_tstywfd08rqt0bgjos51aglv8pgnuvzdqna495midcdzkq5sakw358vyemkp_Si83XtAoHP_8fjwmahjrykhczespu0sysvvvhztior3rjnzjzbfzx39oysvdmkaijik367w.png)
विकिलिक्सका संस्थापक जुलिअन असान्ज बेलायती जेलबाट रिहा
![अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download_GPVlrChj6w_hgz7jaenletpcoaqnjkn4cq6azpslxtlacbcjndmojfreib7dwdy3worbx88_Z4uH85gWR9_6fzwecdoxslejzqkd1mgxqkqsvndabogl5ogb3zhn0l3fz0wo9eplvvkjavs.jpeg)
अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु
![फेसबुक र इन्स्टाग्राममा राखिने रिल बनाउनका लागि मान्छेले हैरानी दिन थालेपछि एक वृद्धले गरेआत्महत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/uil_y3hG2xTvh0_H22eLSRW0y_dins5atxv0h7xxl9w73b3c1sdwzbjkuzbl5iej7ueyspedrl2zqxx3wljz1g_JExNbkb47c_4k79k8nl2cnjkbisredqjffrgiz5pheqaghgblwwcetisrn4qmmxyqf5r1c6.jpg)
फेसबुक र इन्स्टाग्राममा राखिने रिल बनाउनका लागि मान्छेले हैरानी दिन थालेपछि …
![क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनद्वारा अमेरिकालाई चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/1578f2e8c57c62b6738c16f5a6aba95e_ejoUnzDnfo_t9pjuif1grodhfw2c2s2elojuepqql259kfhiw5ce33625kpm45e0sw9cgu6_IepKVso8di_mlvmvg9wvzu4p3nturjhiwihkoom6n6b67euyhxbpmqtpcggrfhv5fl9ydfh.jpeg)
क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनद्वारा अमेरिकालाई चेतावनी
![भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की](https://snowberry.prixacdn.net/media/gallery_folder/111222210_bxQ4OCXKWz_i8q1ofwrsnzpmnvn4lkzr4ud66cwokycktxwq5hrrfeac2wagn6qzew99clw_nfe4xKi7sg_nmhg3sdkbfauxpyaj1nt98iati37mcim6tkdyxqy4vgvfh2ihnfu1qdqihqb.webp)
भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की
![नेतान्याहुले भने- 'हमाससँगको युद्धको महत्त्वपूर्ण चरण पूरा, अब हिजबुल्लाहसँग सामना गर्न तयार छाैँ'](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-24_19-23-24-864_QVKLWlK5o8_sdurhsqhzpc6urafxjpc2tpt2vradqd9reivunilhvakxjkczgd5pxvlud39_gavclIGB9p_wcl1k15piccvnwhlew79uehlaiauhljgnmo7azvftsn4ac2qzxreopkzoec7.jpg)
नेतान्याहुले भने- 'हमाससँगको युद्धको महत्त्वपूर्ण चरण पूरा, अब हिजबुल्लाहसँग स…
![सार्कको आक्रमणमा परि क्यारेबियन अभिनेता टामायो पेरीको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamayo-Perry-Surfer-Actor-Pirates-of-The-Carribean-Far-Out-Magazine--1140x855_vQ2eaylvYc_qq9btnuuqtvolaim1x2rjgp6rs7souhrkio6kpgsxvaq3zbq2x2zntsspkmf_1lq9nSIaf5_vhzc9pzi5rxstosaynztyiwd3zjp6bu4erlmbggopsm9rksdyu2dodpne7k3.webp)
सार्कको आक्रमणमा परि क्यारेबियन अभिनेता टामायो पेरीको निधन
![रफाहमा पुनः इजरायली आक्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/AFP__20240416__34PH3TE__v1__Preview__PalestinianIsraelConflict-1713272056_66pkZJ8NU5_0zregusmdra8z2m2ghc62k9w0zylnn3e9j7qmasljqzr4v9lpjtccc8x2qsd_BU8USL7ujL_ehflzgsiq9xzypsyneatn6tzyjw0295oretttnlxytbsbqhomiejv48ebsk2.webp)
प्रतिक्रिया