बालेन शाह सोमबार बिहान ब्राजिल जाने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल जाने भएका छन्। सोमबार बिहान सवा २ बजे कतार एयरलाइन्सको विमानबाट मेयर शाह त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका तय भएको छ। 

‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन मेयर शाहल त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ। 

यसअघि नै ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’मा काठमाडौँ मनोनीत (नोमिनेशन) भएको  थियो। सोही कार्यक्रममा सहभागी हुन मेयर शाह त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

उनी आगामी असार ८ गते मात्रै स्वदेश फर्कने कार्यतालिका छ।