सबैभन्दा धेरै पर्यटक पुगेका १० देश (सुचिसहित)

स्वभावैले मानिस एकै ठाउँमा बसिरहनभन्दा नयाँ ठाउँ र गन्तव्य पुग्न रुचाउँछ। यसका लागि समय, पैसा र उपयुक्त साधनको जरुरी पर्छ। हवाईजहाजको विकास र विश्वमा मानिसको आर्थिक गतिविधि बढेसँगै घुम्न निस्कनेहरूको संख्या बढ्यो। 

केही दिनमा मानिस सजिलै एक महादेशबाट अर्को महादेशको देश घुमेर आउन सम्भव भएको हवाईजहाजको विकासपछि नै भएको हो। त्यसभन्दा अघि यस्तो यात्रा तय गर्न महिनौँ समय लाग्थ्यो। 

जहाजको विकासपछि मौलाएको घुम्ने संस्कार अहिले बढ्दो क्रममा छ। विश्व पर्यटन संगठन र चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार पछिल्लो केही दशकयता व्यवसायिक हवाई उडानमा भएको वृद्धिले पर्यटकको संख्या बढेको हो।

विश्व पर्यटन संगठन र चीनको राष्ट्रिय अध्यागमन प्रशासनको तथ्यांकका आधारमा २०२३ मा विश्वभर पर्यटकको आवागमन १ अर्ब ३० करोड पुगेको छ। 

२०२३ मा पनि घुम्नका लागि सबैभन्दा धेरै मानिस युरोपेली देशरुमा पुगेको भिजुअल क्यापिटालिस्टले लेखेको छ। अन्तर्राष्ट्रिय आगन्तुकहरूको रोाजाइमा युरोपका देशहरू नै रहेका छन्। सबैभन्दा धेरै पर्यटक पुग्ने विश्वका १० देशमा ७ वटा युरोपकै देश हुन्। २०२३ मा सबैभन्दा धेरै पर्यटन युरोपेली देश फ्रान्समा पुगेका छन्। गत वर्ष फ्रान्समा १० करोड पर्यटक पुगेका हुन्। फ्रान्सले २०२४ मा पनि यति नै वा योभन्दा बढी मानिस घुम्न आउने अपेक्षा गरेको छ। किन कि यही वर्षको जुलाई र अगस्टमा फ्रान्सको पेरिसमा ओलम्पिक खेल हुँदैछ।

यही हुन् सर्वाधिक आगन्तुक आएका १० देश :  

१. फ्रान्स- १० करोड

२. स्पेन- ८ करोड ५० लाख 

३. संयुक्त राज्ष् अमेरिका- ६ करोड ७० लाख 

४. इटाली- ५ करोड ७० लाख 

५. टर्की- ५ करोड ५० लाख 

६. मेक्सिको- ४ करोड २० लाख 

७. बेलायत- ३ करोड ७० लाख 

८. चीन- ३ करोड ६० लाख 

९. जर्मनी- ३ करोड ५० लाख 

१०. ग्रिस- ३ करोड ३० लाख 

धेरै पर्यटक आउनेमा फ्रान्सलाई स्पेनले पछ्याएको छ। २०२३ मा स्पेनमा ८ करोड ५० लाख पर्यटक पुग्दा तेस्रो स्थानमा अमेरिका रहेको छ। गत वर्ष अमेरिकामा ६ करोड ७० लाख पर्यटक पुगेका थिए। 

विश्वको दोस्रो धेरै जनसंख्या भएको देश चीनमा कोरोना महामारीपछि पर्यटक आगमन निक्कै कम भएको छ। २०१९ मा विश्वभरबाट ६ करोड ५७ लाख पर्यटक चीन पुगेका थिए। तर २०२३ मा यो संख्या घटेर ३ करोड ५५ लाखमा सीमित भएको छ। 

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारत १० सर्वाधिक पर्यटक पुग्ने देशको सूचीमा २०२३ मा पर्न सकेन। पर्यटकको आवागनमले देशको अर्थतन्त्रमा निक्कै राम्रो सकारात्मक प्रभाग पर्दै आएको छ। 

नेपालमा पनि कोरोना महामारीका कारण थलिएको पर्यन उद्योग चलायमान हुँदै गएको छ। २०२३ मा नेपालमा करिब १० लाख पर्यटन आएका थिए। २०२४ मा सरकारले १५ लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ।