सहकारी घोटाला प्रकरणमा संलग्न ४ जना पक्राउ

प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई पक्राउ गरेको हो। 

बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप उनीहरुमाथि रहेको छ। फरार रहेका थापासहितका व्यक्तिहरुलाई पक्राउ गरि आज सार्वजनिक गर्ने तयारी रहेको छ। 

कार्यालयले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको हो। सहकारी ठगी प्रकरणका विषयमा छानबिनका लागि बनाइएको समितिको कार्यादेशमा उक्त सहकारीको समेत नाम रहेको छ।