महानगरको सभामा राजनीतिक गन्ध बोकेर नआउनू : मेयर बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका छन्।

आइतबार समाजिक सञ्जालमार्फत मेयर बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका हुन्।

उनले ३ जना जनप्रतिनिधिले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकारको हनन भएको उल्लेख गरेका छन्।