बदलियो न्याय परिषद् संरचना, श्रेष्ठका योजना अब के होलान्?

न्याय परिषद सदस्य समेत रहेका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले शुक्रबारबाट न्याय सेवाबाट अवकाश पाए । उनको अवकाशसँगै सर्वोच्च अदालत र न्याय परिषदको शक्ति संरचनामा केही फेरबदल आएको छ ।

भट्टराईको अवकाशपछि सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत भएका छन् । अब प्रधानन्यायाधीशको अनुपस्थितिमा कामु प्रधानन्यायाधीशका रुपमा राउतले काम गर्नेछन् । त्यस्तै न्याय परिषद बैठकमा पनि वरिष्ठतम न्यायाधीशका हैसियतले राउतले नै प्रतिनिधित्व जनाउनेछन् ।

यसअघि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई न्यायाधीशकै रुपमा बिदा भए, जो केही समय न्याय परिषद सदस्यका रुपमा पनि काम गरेका थिए । उनीहरुका पालामा न्याय परिषदबाट भएका केही निर्णय साहसिक रहे भने केही विवादित पनि भए । खासगरी न्याय परिषद नियमावलीको संशोधन र न्यायाधीश नियुक्तिमा बेहद स्वेच्छाचारिता र पक्षपातपूर्ण निर्णय गरियो । यही कारण अदालतभित्र व्यापक असन्तुष्टि छ भने नेपाल बार एसोसिएसन विरोधमा छ ।

अब प्रकाश राउत निर्णायक ठाउँमा प्रवेश गरेपछि अदालतमा बारको वर्चस्व बढ्ने अपेक्षा गरिएको छ । राउत आफै पनि यसअघि सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष भइसकेका र कानुन व्यवसायी क्षेत्रबाट सर्वोच्च अदालतको न्यायाधीशका रुपमा प्रवेश गरेका व्यक्ति हुन् । उनी साहसिक निर्णय लिन र अडान राख्न सक्छन् । त्यसकारण पनि न्याय परिषद र फुलकोर्टमा उनको उपस्थितिको खास अर्थ र प्रभाव रहनेछ ।

यसअघिका न्याय परिषद सदस्यभन्दा राउतको शक्ति र प्रभाव अझै बढी किन पनि हुनेछ भने उनी अबको केही महिनामा प्रधानन्यायाधीश हुनेछन् । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आउँदो भदौसम्म मात्र सेवामा रहनेछन् । त्यसपछि मुलुकको न्यायपालिकाको नेतृत्व राउतले गर्नेछन् । त्यसकारण अब राउतले धेरै महत्त्वपूर्ण निर्णय आफ्नो कार्यकालमा गर्न बाँकी राख्न सक्नेछन् । अवकाशउन्मुख प्रधानन्यायाधीशले हतारमा गर्न खोजेका निर्णय राउतले रोक्न सक्नेछन् ।

अहिले तत्काल गर्न खोजिएको निर्णय सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतको न्यायाधीश नियुक्ति हो । श्रेष्ठले यसअघि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको प्रभावमा रहेर बढी निर्णय गरे भनेर बुझिएको छ । अझ भन्दा खतिवडा र भट्टराईसँग श्रेष्ठको रसायन राम्रैसँग मिलिरहेको थियो । तर, राउतसँग त्यसरी नमिल्न सक्छ । श्रेष्ठका पालामा भएका कतिपय त्रुटिपूर्ण निर्णय सच्याउने अभिभारा राउतमाथि भएकाले पनि अब उनले आफ्नो अडान स्पष्टसँग राख्नुपर्ने छ । न्यायपालिकाको कोर्स करेक्सनका लागि राउतले अहिलेदेखि नै स्पष्ट योजनाका साथ काम गर्नुपर्नेछ । 

यदि श्रेष्ठको एजेन्डामा राउत पनि हिँडे भने मुलुकको न्यायालयले धेरै क्षति बेहोर्नेछ । विगतका गल्तीकमजोरी पनि सच्चिन सक्ने छैनन् । जिल्ला अदालतका वरिष्ठ, निष्कलंक र क्षमतावान् न्यायाधीशलाई पाखा लगाएर श्रेष्ठले केही आफ्ना गोजीका र केही विभिन्न शक्तिकेन्द्रका भागबन्डामा उच्च अदालतमा विभिन्न चरणमा न्यायाधीश बढुवा गरेका छन् । त्यस खालका निर्णयलाई राउतले मान्यता दिनुहुँदैन । त्यस्तै उच्चबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा पनि स्वेच्छाचारीपूर्ण तवरले गरिएको छ । त्यसमा पनि करेक्सन जरुरी छ । 

न्याय परिषदको काम षड्यन्त्र गर्ने होइन । यसले त झन् न्यायपूर्ण काम गर्ने हो । अन्य निकायभन्दा यो झन् बढी पारदर्शी र जवाफदेही बन्नुपर्छ । न्याय परिषदको हाम्रोजस्तो संरचना संसारका अन्य लोकतन्त्रमा बिरलै पाइन्छ । यो हाम्रो मौलिक विधिशास्त्रीय आविष्कार पनि हो ।

तसर्थ यसको जगेर्ना गर्न सक्नुपर्छ । यो संस्था जति विवादरहित र न्यायपूर्ण हुन सक्यो, समग्र न्यायपालिकाको छवि र मर्यादा त्यसै उँचो हुँदै जान्छ । प्रधानन्यायाधीश र न्याय परिषदलाई दिइएको स्वतन्त्रताको स्वच्छन्द प्रयोग गरिएमा न्यायपालिकामाथि आक्रमण गर्न चाहने र स्वतन्त्रतामाथि अतिक्रमण गर्न खोज्नेहरुलाई मलजल पुग्नेछ । कार्यकारी र अन्य स्वार्थ समूहहरु वनमारा झार बनेर न्यायालयमा छरिनेछन् । तसर्थ भावी प्रधानन्यायाधीश प्रकाश राउतले श्रेष्ठका त्रुटिपूर्ण कदम सच्याउनुपर्छ र थप अन्यायपूर्ण कदम रोक्न सक्नुपर्छ ।

१२ वर्षपछिको प्रधानन्यायाधीशहरूको नाममा मत नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति अनिश्चित

१२ वर्षपछिको प्रधानन्यायाधीशहरूको नाममा मत नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश न…

सिंगापुरका धर्मगुरुलाई अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको अभियोगमा १० वर्षको जेल सजाय

सिंगापुरका धर्मगुरुलाई अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको अभियोगमा १० वर्ष…

भ्रष्टाचार मुद्दा लागेका राजा महेन्द्रका ज्वाइँ कुमार खड्ग शाहलगायत सबैलाई सफाइ

भ्रष्टाचार मुद्दा लागेका राजा महेन्द्रका ज्वाइँ कुमार खड्ग शाहलगायत सबैलाई सफाइ

सम्पत्ति शुद्धिकरणमा पाँच दोषी ठहर, १३ असारमा सजाय तोकिने

सम्पत्ति शुद्धिकरणमा पाँच दोषी ठहर, १३ असारमा सजाय तोकिने

नेता खनालले निर्वाचन परिणाम बदर गर्दै पुनः मतदान गर्न माग गर्दै दायर गरेको रिट खारेज

नेता खनालले निर्वाचन परिणाम बदर गर्दै पुनः मतदान गर्न माग गर्दै दायर गरेको र…

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत  मिश्रसहित तीन जनालाई ८ वर्ष कैद सजाय

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत मिश्रसहित तीन जनालाई ८ वर्ष कैद सजाय

कम्प्युटर प्रणालीको दुरूपयोग गरी लाइसेन्समा अनियमितता प्रकरणका १६ अभियुक्तले पाए सर्वोच्चबाट सफाइ

कम्प्युटर प्रणालीको दुरूपयोग गरी लाइसेन्समा अनियमितता प्रकरणका १६ अभियुक्तले प…

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाइ नहुने

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाइ नहुने