भिरबाट लडेर वृद्धको मृत्यु

सिन्धुलीमा जंगली जडिबुटी खोज्ने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।  

जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

गएको जेठ ३२ गते दिउँसो घर नजिकैको जंगलमा जडिबुटी खोज्न भनेर गएका दंगाली राति अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए।

आफन्त, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा शनिबार उनलाई मुंग्रशिर भिरबाट खोंचमा खसेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ।