मिस्टर बिस्टले एक महिनामा आफ्नो युट्युब च्यानलमा दुई करोड बढी थपिएका थिए सब्सक्राइबर

 अमेरिकी नागरिक जिम्मी डोनाल्सन उर्फ मिस्टर बिस्टले पछिल्लाे एक महिनामा आफ्नो युट्युब च्यानलमा दुई करोड बढी सब्सक्राइबर थपिएकाे बताएका छन् ।  हालै सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै गत २८ दिनमा २१ करोड सब्सक्राइबर बढेको खुलाएका हुन् । 

पोस्टमा उनले गत २८ दिनमा बढेको सब्सक्राइबर संख्या र भ्युज देखाएका छन् । “मलाई लाग्दैन कि कुनै पनि युट्युब च्यानलले एक महिनामा दुई करोड बढी सब्सक्राइबर पाएका छन्” उनले एक्समा लेखेका छन् । गत २ जुनमा सबैभन्दा बढी सब्सक्राइबर पाउने च्यानल मिस्टर बिस्ट बनेको थियो । याे युट्युब च्यानलले भारतको टी-सिरिजलाई पछि पार्दै सो सफलता हात पारेको थियो ।

यस सफलता पाउनुमा बिस्टको प्रस्तुति प्रमुख कारण मानिएको छ । सब्सक्राइबर बढाउन उनी विभिन्न गतिविधि गरिरहेका हुन्छन् । ​याे समाचार तयार पार्दासम्म बिस्टको च्यानलमा २८ करोड १० लाख बढी सब्सक्राइर रहेका छन् ।

२०२१ मा बढी सब्सक्राइबर पाउने व्यक्ति बनेपछि उनले टी-सिरिजलाई उछिन्ने आफ्नो लक्ष्य रहेकाे भन्दै सब्सक्राइब गर्न अनुराेध गरेका थिए । त्यो लक्ष्य पाएपछि पनि अहिले उनको च्यानलमा लगातार सब्सक्राइबर बढिरहेको देख्न सकिन्छ ।