दक्षिण अफ्रिकाका  बुबा र छोराले विश्वकै सबैभन्दा छिटो उड्ने ड्रोन बनाएर कीर्तिमान

। बुबा र छोरा मिलेर विश्वकै सबैभन्दा द्रुत गतिमा उड्ने ड्रोन बनाएर कीर्तिमान राखेका छन् । बुबा माइक र उनका छोरा लुक बेलले सबैभन्दा छिटो उड्ने ड्रोन बनाएर विश्व कीर्तिमान राखेका हुन् ।

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बसोबास गर्ने उनीहरूले बनाएको ड्रोनको औसत गति ४८०.२३ किलोमिटर प्रतिघण्टा (२९८.४७ माइल प्रतिघण्टा) रहेको छ । ‘पेरेग्रीन टू’ नाम दिइएको ड्रोनले यो सफलता पाएको हो । गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार पेरेग्रीन टूलाई सबैभन्दा द्रुत गति भएको ब्याट्रीबाट चल्ने रिमोट-कन्ट्रोल (आरसी) क्वाडकोप्टर शीर्षकमा कीर्तिमान दिइएको छ । यो रेकर्ड उनीहरूले २१ अप्रिलमा बनाएका थिए । तर हालै मात्र गिनिज वर्ल्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा जानकारी राखेको हो ।

यसअघि उनीहरूले नै पेरेग्रीन नामको ड्रोन बनाएका थिए । जसको गति ३९७ किलोमिटर प्रतिघण्टा (२४७ माइल प्रतिघण्टा) सम्म पुगेको थियो । तर त्यसबेला त्यस ड्रोनले आधिकारिक रूपमा मान्यता पाएको थिएन आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्ड्स कीर्तिमान राख्न ड्रोनलाई दुईतर्फी उडान भराइएको थियो । हावाले गर्दा ड्रोनको गतिलाई मद्दत गर्ने भएकाले यसो गरिएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

थ्रीडी प्रिन्टेड कार्बन फाइबरबाट ड्रोनले सो क्रममा उच्चतम गति ५१० किलोमिटर प्रतिघण्टा (३१० माइल प्रति घण्टा) पाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । जसको मतलब सो ड्रोनले एक सेकेन्डमा १४२ मिटर यात्रा गर्न सक्छ ।

पेशाले आर्किटेक्ट रहेका माइकले २०१० को फिफा विश्वकप खेलाइएको एमबोम्बेला रङ्गशाला डिजाइन गरेका थिए । यसका साथै उनी लुक कन्टेन्ट क्रियटर समेत हुन् ।