रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता

काठमाडौँ, १ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
    
पार्टी स्थापनाका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले  पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो । साथै उहाँले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिनुभयो । सङ्गठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।  
     
उपभापति डा स्वर्णीम वाग्ललेले पार्टीको     जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताउनुभयो ।  पार्टीका महामन्त्री मुकुल ढकालले सङ्गठन विस्तारमा जोड दिनुभयो ।