दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/galeswor-darbang_8UzFENll7C_kdq1wmwujb4ry8lj1migkeyv4bkxdy8y7bgcq1uchgcdjruabudardnfmj2i_Vc1LiTUWDc_fm44jwj5rkjmfzelykagjiawco6ho9gxol5kwaqggeymsfu3fyjr9od4qgr3.jpg)
पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ ।
गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो ।
“सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो”, आयोजना प्रमुख रेग्मीले भन्नुभयो, “अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौँ ।”
मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु)तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ । उहाँका अनुसार जम्मा दुई हजार नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म एक हजार मिटर मात्र खनिएको छ ।
मालिका– ५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।
रु पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । न्यू लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।
मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन अवस्थामा रहेको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सवस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका छन् ।
सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । ठेक्का अवधि समाप्त हुनै लाग्दासमेत सवस्टेशन र प्रसारण लाइनको निर्माणले भने गति लिन सकेको छैन । कूल २५ किमी दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम सकिएको छ ।
![महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप](https://snowberry.prixacdn.net/media/gallery_folder/sfsf_4jlys0SggB_dnivmp2ucpanqwjatzc1x7kn6t4nnps7nddruz6gsdsfkwy3qqdu9ikxfvkg_Xuyn1EYrQG_k5z9ekxy4ppukt2ygn6cu7dg2egwnoeqywjvwb5qe7ntnksuvhxe57uigm3b.jpg)
महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप
![‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण](https://snowberry.prixacdn.net/media/gallery_folder/123_AKEzyKTc74_lz3k46i02m4uaqrxfuy5ohiudclcnpaoq8pbhp4l9ez74rd1z620qcrikvwf_y26MHpfhEQ_dzoo2pggyjf40l1adxwtf28ymbjynsy4xo4l3bwqslwrkonoayebnybrprcg.jpg)
‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण
![सडक कालोपत्र भएपछि सहज](https://snowberry.prixacdn.net/media/gallery_folder/Kalopatre-Sadak_A9e6eTCpH9_mhqysy29jqalgsdv1sfo4aqnel8xmh0gllp11gsqm2a8vgkeecmspalwbghx_O06IDBK3lt_g2agmkmeyfecptvd5a6bsahluoobqnda6nix3lyoquyas2ikrr6izgru4ruc.jpg)
सडक कालोपत्र भएपछि सहज
![बजेटमा विभेद भएको सांसदको गुनासो](https://snowberry.prixacdn.net/media/gallery_folder/samsad-asar-2_TQJlXTxH3T_k0zg4zcndimswriiseoz3jocwgtlnzw0ovsccn3tggqnau3wasjbcv5phuaz_OTgJG0m2H8_wtrtlymvkubavwx19snbf6jmqwt770o1ayyifbo2tuvo5yynq1lzou4xhwit.jpg)
बजेटमा विभेद भएको सांसदको गुनासो
![झापामा डुबान सुरू](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-18%2520165106_f4WOL3rMuw_xi8frjjq9zyngtgtjotymlpzkkda8hfiggy2rtrc3lqkfft2h4scft6wnvla_9n2DBwWcwG_1nptrgxxl69tpgbpf6uxthuyu0tgkfexe6uysud1rqyog08mxahn993vuk3b.png)
झापामा डुबान सुरू
![दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/cq5dam.thumbnail.cropped.1500.844_jDXUBhxNJn_oadas4x3b7ebf8rlkblh783arlbvci4ajr9fjbqm5gq2bxsqraoysugrpf4t_BdPG5pdUey_r0w9sphnkqf6gsgb7zfuwizcqc90zzrlcwtwxbmleedhrtmewoqjlu13dlb3.jpeg)
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
![खल्तीमा राजीनामा लिएर नहिड्न मन्त्रीहरूलाई सांसद झाकाे आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/ranju-jha_stCOxT56wZ_XmPTCIU7Fa_w3r860bvfi0ne6kvdraumyojxuclcruglxbb4uq4akrzfreq8vetixr7mjbc_ImnrCJoJ1F_25jgotyf8rckocogyv5y1wb75jeawcyjirq8ti0s0tmkaxloattjfpgntg7z.webp)
खल्तीमा राजीनामा लिएर नहिड्न मन्त्रीहरूलाई सांसद झाकाे आग्रह
![ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल](https://snowberry.prixacdn.net/media/gallery_folder/tulsi_29qnEuSI4t_1soij2dk9urupw8qifsd8qlvzuepmgvq3ksqijpcnxzkviypbnxjtpyivonr_ALRFAZkomq_alge8mrglsd1dwybm3vrxnxna4zpigxjq7pagujhvlbwlhmu7qpsmqxteabe.jpg)
प्रतिक्रिया