टी-२० विश्वकप : नेपाललाइ दक्षिण अफ्रिकाले दियाे १ सय १६ रनको लक्ष्य

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालविरूद्ध खेलिरहेको दक्षिण अफ्रिकाले १ सय १६ रनको लक्ष्य दिएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रनमात्र जोड्न सक्यो।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदै दक्षिण अफ्रिकालाई १ सय १६ रनमा रोके।दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा ४३ रन बनाए।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाउँदा क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे।