विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने

 काठमाडौं । नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्।

दक्षिण अफ्रिकासँगको खेलमा लामो समय पछि सन्दीप लामिछाने टिममा फर्किएका छन्। लामिछाने टोलीमा फर्कदा गत खेलमा खेलेका सागर ढकाल भने बेन्चमा रहेका छन् ।

नेपालको प्लेईङ-११ : आसिफ शेख (विकेटकिपर), कुशल भर्तेल, अनिल शाह, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा रहेका छन्।