बझाङमा दुई भूकम्पको धक्का महसुस
बझाङमा पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का महसुस भएको छ।
शुक्रबार राती ११ बजेर २५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भई ३ दशमलव ७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो।
त्यसको पाँच मिनेटपछि सोही ठाउँ केन्द्रबिन्दु बनाई ११ बजेर ३० मिनेटको समयमा ३ दशमलव ६ रेक्टर स्केलको अर्काे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढी रहेको छ।
प्रतिक्रिया