अपडेट : क्याम्पसका प्रमुख हत्या मा संलग्न आशङ्कामा २ जना प्रहरि नियन्त्रणमा

बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्या मा संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । 

आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहाको गोली प्रहार गरी हत्या गरेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।  प्रहरी प्रवक्ता न्यौपानेले कुशवाहाको पिठ्युँमा १ राउण्ड गोली लागेको बताए । ‘क्याम्पस प्रमुख कुशवाहाको हत्या घटनामा संलग्न र यसको  कारणबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने । 

राजाराम बहुमुखी क्याम्पसका प्रमुख कुशवाहा शुक्रबार बिहान काम विशेषले बाराको आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । उनी अहिले साँझ ५ बजे घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने ठाउँमा अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।