सडक स्तरोन्नति कार्यमा अनिमियतता भएको भन्ने उजुरीमा उक्तकार्यमा संलग्नलाइ कानून बमोजिम सजायकाे माग गर्दै विशेष अदालत आरोप-पत्र दायर

जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथलीसडक स्तरोन्नति कार्यमा अनिमियतता भएको भन्ने उजुरी निवेदन समबन्धमा अनुसन्धान गरिएकाे थियाे ।

जिल्ला मकवानपुर,मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नतिको क्रममा२३५९२.३२ घ.मि. मात्र माटो कटिङ्गको कार्य भएकोमा नापी किताबसँग भए गरेको कामको परिमाण तुलनागर्दा Earthwork Excavarion works आइटममा ८३३८.९३ घनमिटर कम काम गरेका थिए ।

काम भएको यथार्थभन्दा बढी मूल्याङ्‍कन गरी उक्त योजनाको स्थलगत रुपमा निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्डविपरीत गरेको कार्यलाई गुणस्तरयुक्त वा मापदण्ड बमोजिम भए गरेको हो भनी नगरेको कामको झुट्टा नापी किताब,मूल्याङ्‍कन तथा झुट्टा बिल भरपाई बनाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस भरेका थिए ।

उक्त  कार्यबाट रु.३,९१,९२९।७१ (तीन लाख एकान्नब्बे हजार नौ सय उनन्तीस रुपैयाँ र पैसा एकहत्तर) बराबरकोसरकारी सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, 2059 अन्तर्गतको कसुर गरेको हुँदा उक्तकार्यमा संलग्न देहायका व्यक्तिहरुउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।