मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download_0eWEBQJ9c3_kvhwygcorjwrttkqpha9fodvpor0zne2hum0subh87iz0xmh9iubnnpe6kam_JjoGvHWlOL_ckivv8vj6vzczpj8d74hmzwc2j7y13avwr5bultkgfnsasiprvybkret50pj.png)
काठमाडौँ, ३२ जेठः जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना रहेको विशेष बुलेटिनमा जनाइएको छ ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, ) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ । साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।
![राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_eVVVMnb6aB_0j8flnovp5jgmk3j0y59der3wsfjbhol9sbplv5rh9thley6ugbgbwfmk6ob_qFG2tNk86b_fn6px3mnozfevnnk225wrtz3hgshgonwoqrqwju6i5n1omyukhtlhxhevpk1.jpeg)
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थान…
![पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/garmi11658215563_7M2gNnuXHT_pc9o5pgxwzfa54ttj3g8xq5hgrm67e6jh84rioiwwlwddhayj8ioi99owjvz_N1uxhvPgrW_5snqfznlbrhjpyc2wtkpke3n3iieqs2qfjqfgyc2c3zra0crpwaouampcxii.jpg)
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
![कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/rain-pani1687495797_7z0VcXysKe_0knbq9hfxxehugokxi1aak1xawnu2dhv3zubvsfexrshzicjeilijqrke357_wyIxBY2gPF_aeuswekn8pglp46r0b67cma5n0fw5itasvkuiv0znhbhtnm31j78lwz1mpyt.jpg)
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पन…
![मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो छ आजको मौसम](https://snowberry.prixacdn.net/media/gallery_folder/download_TfjHLMKuyG_4oyqgeskqk0e9jiwerm9eqcqhdiaqvdtkbn8hhediocfoym0lrc1nbxnsdzt_3BdshRDeKe_nqkcuhdexi4scsyvtxrtbxj3oaiiiomjceuubpptayazffu3zl88j96hbmzs.jpeg)
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो छ आजको मौसम
![गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/barnan%252525252520mausam_jrC5vbOwWO_sbf6e3wdanzquqpa1d6qc7htopqpvl12v49ehgcyihuxm7xyjiib8njkji4s_Fisnnt0vAg_jubkd4y2vnn5ohq5xgb1lwrsawrbniqwfvziqgrd8lorlf7gm3hl6hdvur8q_VvKMVnzxeB_myg8v0qbfqukq7cgwhupozvkq4curh4gx_P9pGkY_GoJrQwUvRO_vd1sikpz9b5u3xcna78q5k521wsv30lqbsaqkvvpbdlu7slzctndz6xc5qzt_BJYDLAtmmk_pnls8iuoxhpt8smoitpvrqmnala4lxopjrfopjli5nv3hduow4pik1967wkl.png)
गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
![भारतमा गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_iuCZ2ltrmZ_2bqmlw1prd3p754wsykkchzstxapfihengfqpjyv3vut17qfm5x05taylxbm_8HnLBqrsyR_xc3weh3vuia7iuhph646d87ruuk2uwtrtsakhx30udpoigkfcabtk2zpsgq3.jpeg)
भारतमा गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु
![वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%2589%25E0%25A4%2589%25E0%25A4%2589%25E0%25A4%2589%25E0%25A4%2589%25E0%25A4%2589%25E0%25A4%2589%25E0%25A4%2589_UO3qLw2nr3_ykni1axycv9ljauak93oipfypls4chip68mpygap7iynsftwpwtd3xh9zhsc_mvimLktd2h_adm0qyxidedwaf8qx1grrjydcczvgyffi4eoemjcx5yfob42efoergd0tugh.jpg)
वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास
![साउदीमा गर्मीका कारण एक हजारभन्दा बढी हज यात्राकाे मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/sfgdfhfhdfh_1718754458_Dmevm857ua_wgns16sgquaz6p3xnp4khppd5immelm3bfvdkhrcjsgaaekymnzdzwpfrq2s_dLwZUzE47P_npev7e2al1n0vblgsnfdytrpbxvkfm2s1y0t2oo73qn6gn3yqh84i9mxuc1j_y4dWpghPiQ_aflmwkznxiteopwc0v1yidlnw2upwvluqcryakzuxqr8nfttwlriavg5kuvq_SUtEcznES8_il0h1z9hjrw5cpbv1ncdlczc8nfhgrvsnm6kdpvmgcrorsgbmoruaskdhekm.jpg)
प्रतिक्रिया