टी२० विश्वकप : ओमानमाथि इंग्ल्याण्डकाे शानदार जित

 ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इंग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्‍यो ।

४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । कप्तान जोस बट्लरले नटआउट रहेर ८ बलमा २४ रन बनाए । उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।ओपनर फिल साल्टले ३ बलमा १२ रन जोडे । उनले सुरुवाती दुई बललाई नै छक्का प्रहार गरेका थिए । जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो । सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।टोलीका लागि आदिल रसिद ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडले ३–३ विकेट लिए । दुवैले १२–१२ रन मात्र खर्चिए ।

समूह सीमा इंग्ल्याण्डको यो पहिलो जित हो । टोली ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । तर, आजको जितले टोलीको नेट रन रेट ३.०८१ पुगेको छ ।ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको टोली हालसम्म अङ्कविहीन रहेको छ ।