खानेपानी आपूर्ती र विद्यालय व्यवस्थापनका नाममा भ्रटाचार गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जिल्ला संखुवासभा, धर्मदेवी नगरपालिका वडा नं. ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानीआपूर्तिको लागि प्रदेश नं. १ बाट आ.ब. २०७५/०७६ मा विनियोजित भएको रकम र पुस्तकालय व्यवस्थापनको लागिआ.ब. २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको शुरुवात नै नगरी बिलभरपाई मिलाई रकम अनियमितता गरेको पाइएकाे छ ।

उक्त उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला संखुवासभा, धर्मदेवीनगरपालिका वडा नं. ४ मा रहेको श्री शारदा माध्यमिक विद्यालयलाई आ.ब. २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनकोलागि शिक्षा विभागबाट अनुदान स्वरुप जिल्ला शिक्षा कार्यालयको निर्णय बमोजिम शिक्षा विकास तथा समन्वयइकाईमार्फत विद्यालयको खातामा जम्मा भएको रकमबाट विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई रविद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यसँगमिलेमतो गरी उल्लिखित पुस्तकहरु खरिद नै नगरी पुस्तक खरिद गरेको भनी झुट्टा बिल भरपाई बनाई एवं सम्झौता हुनुअगाडि नै विद्यालयमा खरिद भएको ल्याप्टपको बिलसमेत संलग्न राखी पुस्तकालय व्यवस्थापनको लागि अनुदान स्वरुप प्राप्त सरकारी रकम हिनामिना भएकाे थियाे ।

उक्त विद्यालयलाई आ.ब. २०७५/०७६ मा प्रदेश नं. १ सामाजिक सुरक्षाृमन्त्रालयबाट शिक्षा विकास तथा समन्वय इकाईमार्फत खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमसमेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले सम्झौता गरी बजेट निकासा गराई विद्यालयलाई खानेपानीउपलब्ध गराउने सम्बन्धी कुनै पनि काम नै नगरी चेकमा अघिल्लो कार्यकालका प्रधानाध्यापक कृष्णहरी भट्टराई र शिक्षकलालबाबु मण्डलको दस्तखत गरी/गराई सोही चेकबाट उक्त खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमसमेत लिएका थिए ।

साेहिविद्यालयको खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमविद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले निकाली सरकारी रकम हिनामिना गरेको पुष्टि हुनआएको हुँदा निजहरु तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई, शिक्षक लालबाबु मण्डल, विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष गोपाल कुमार अधिकारी र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यउपर देहाय बमोजिमको सजाय हुनमागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।