गम्भीर विवादबीच सर्वाेच्चका बरिष्ठ न्यायाधीश भट्टराई आजैदेखि बिदामा, अर्काे इजलास पनि खाली

काठमाण्डौं, जेठ १ : गम्भीर विवादकाबीच सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराईले अनिवार्य अवकाश लिनुअघिको कुलिङ पिरियडको रुपमा आजदेखि बिदा बस्न लाग्नुभएकोले आजैदेखि सर्वाेच्च अदालतको एउटा इजलास खाल हुने भएको छ ।

स्टीङ अर्पेसन सम्बन्धी मुद्दामा संवैधानिक इजलास नै सपिङ गरिएको भनिएको फेक अडियो रेकर्डको मुद्दाको निक्र्याैल नहुंदै बरिष्ठ न्यायाधीश डा. भट्टराई आजैदेखि बिदामा बस्न लाग्नुभएको हो । फेक  अडियो काण्ड सार्वजनिक गरेको सिधाकुराडटकमका विरुद्धमा सर्वाेच्च अदालतमा दायर भएको अवहेलनाको मुद्दामा बयानको कारबाही भइरहेको छ । 

असार १ गते ६५ बर्ष पूरा गरी अनिवार्य अवकाशमा जान लाग्नुभएका भट्टराईले आजैदेखि इजलास छाडि फैसला लेखनमा विताउनसक्ने उहां निकटस्थहरुको दावी छ । जीवनभर इमान्दार न्यायाधीशको रुपमा छवि बनाएका भट्टराई पनि अवकाश अघि विवादमा तानिनुभएको छ । 

चालिस बर्षे सेवा अवधिमा माथेमा कहिल्यैपनि विवादमा नतानिएको जानकारहरु बताउंछन् । २०४० सालमा न्यायसेवाको अधिकृतमा सर्वाेच्च अदालतमा प्रवेश गरेका भट्टराई ठीक चालिस बर्षको न्यायसेवा समापन गरेर अवकाशमा जान लाग्नुभएको हो ।

आफू अनिवार्य अवकाशमा जाने भएपछि एकमहिनाअघिदेखि न्यायाधीशहरुले सुनुवाईमा सामेल नभई आफूले गरेका पराना कामहरु सकाउने परिपाटी छ । यसअघि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएको केही सातामै डा  भट्टराईको अवकाशले सर्वाेच्च अदालतमा चार पद खाली भइसकेतापनि अझै समयमा न्यायाधीश नियुक्तिको परिपाटी न्यायालयमा बस्न सकेको छैन ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ४ ले सर्वाेच्च अदालतको कुनै न्यायाधीश अवकाशमा जाने भएमा त्यसको एकमहिना अघि नै सो खाली हुन गइरहेको पदमा सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था छ । 

प्रधानन्यायाधीश सहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्ति गर्नुपर्ने अवस्था भएपनि न्यायिक नेतृत्वले भने नियुक्तिमा खासै चासो नदिएको शुत्रहरुको दावी छ । 

एक त भट्टराई अवकाशमा जाने परिस्थितिमा छन् भने अर्काेतर्फ उनलाई समेत विवादमा तानिएको अडियो रेकर्ड काण्डले समेत उनी खासै नियुक्तिमा चासो नदिएको पनि शुत्रहरुको दावी छ ।
कुनै न कुनै कोणबाट फाइदा लिनखोज्ने तत्व सक्रिय भएर इमान्दार छवि भएका जीवनभर इमान्दार छवि बनाएका न्यायाधीश भट्टराईलाई विवादमा तानिएको हुनसक्ने पनि शुत्रहरुको दावी छ ।