सुन आज तोलाको दुई हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि बुधबार चाँदी तोलाको १६ सय ३० मा कारोबार भएको थियो ।