सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
![](https://snowberry.prixacdn.net/media/gallery_folder/budget2019-07-16-06-12-05_HfNvKrr2PS_izxrcvhrnlff8wgwmabb7fxwjxtxveo3yidj5rsggthbsgv7vs81pcqfr4rk_LzIImjJRyO_u38zhxuqdhoo4hvjxfjvwoefbbflssul1jzg9ctarlq0phfsvvxzjrg3abja.jpeg)
अत्तरिया (कैलाली), १ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
चालु आव २०८०÷८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रु १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो ।
सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ रु पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ७१ करोड १८ लाख खर्च गरेको उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले रु छ करोड ६६ लाख खर्च गरेको छ ।
त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले रु चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले रु एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ रु ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ रु १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड बजेट विनियोजन गरेको थियो ।
![आज कतिमा कारोबार भइरहेको छ सुन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-78-4-3_CTFa506zAc_f6i9gvykzjxolkxic82wgabzylzfhmymfdi0uwjls2p8mlymwdvjcnwlqu56_Q0gDqA8dev_dteflbz00qtbzkthdmbaoqqqsndwnaoxmzrukdrgi7ukduigksrb4vkesagk.jpg)
आज कतिमा कारोबार भइरहेको छ सुन ?
![राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/rashtra-bank-nepal2024-07-26-07-07-28_uZGaEoUL6u_gv7dde4fi0fxc5a7qdepfohxx77m6ob9opxvbrnnwapogcjqpamotnr8r78p_JdHO4MIjzJ_jeixf2sjilxyjb6fsllggwmnzfa2ojmieflox7kcsd4bf7klko6ijrac408o.jpeg)
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
![सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold%2520silver1654579639_JYNaVpw6Kw_n0jzhmejvpchf7pufaphmmwj7dy2tolz18ztqfdko8ff8gh0iqyi5fky8vzx_DD1ZwOupI9_nvugbuj2e7vnw7go25sqmjbluj1asmzlsx81sryioacnrsuwuvg0luxuzkms.jpg)
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?
![नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/67189830compulsory-figure_jbkmiCQZmk_suhfl43whrwepagok4txajt8dcs2glerjmsbelv1widulxtyfzjcacd4di97_6cjcJIOPu4_kwnfdzzpdhwbag97l3uhforetynejepeekkqixhs79y85gdi1kqnxcweuyjw.jpeg)
नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?
![पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत
![पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब](https://snowberry.prixacdn.net/media/gallery_folder/Tax-rajaswo__tdw0bgTixS_0to8p7gnywwg7rz5ftqsseh7n2gmmrubinh1lw670riev4btsapshdfzzvwk_i6Q3Eo29tx_xkqhzhbmkhasoe6rpsja3dcjnwzmcw5delgrkolgaccfaoy8fxdsc1xh275j.jpg)
पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
![साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/th%252520(1)_HjnClxBbmm_xry2tatt5a0q4nt023pzscubzbfkn5nxzegpi4dqmwrapiikoxik2iozoksw_CMZYMjpNAB_fxtuyhpzpl5lmp81lcsbenuobe9gokzwir8fvgeext9lbjdzbjkd1cizldhs_o94qN3CzBW_wjuwfvbn0uynbinome3bkgao4s23w1ppdjpfdwc9gibn9bvxzalckmreclfg_s8Z7Ss5avZ_hfsagfqlh5vmvv0i0uorvpvvfylvjpyz6igdklwok5qlxppeyhk3ow81youk.jpeg)
साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करो…
![आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढ्याे](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया