आफैंले बनाएको पेस्तोल पड्किँदा युवक घाइते

 जिल्लाको राप्ती सोनारी गाउँपालिका ५ बिनौनास्थित चाचरफर्का निवासी १६ वर्षिय सचिन थारु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीका अनुसार शनिबार राती करिव १२ बजेतिर युवकले उक्त पेस्तोल पाइटको गोजीमा राखेको र निकाल्ने क्रममा आफै पड्केको थियो।

पेस्तोलको छर्रा थारुको दायाँ खुट्टाको पछाडी लागेको एसपी कार्कीले बताए। घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइते थारुले युटुव हेरेर आफुले पेस्तोल बनाउन सिकेको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।

उनले काठ र फलाम प्रयोग गरेर पेस्तोल जस्तै देखिने हतियार बनाएका थिए। उक्त घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा रहेको भुवर भवानी माध्यामिक बिद्यालयको कक्षा ११ मा अध्ययनरत थारुलाई घटना लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरले उपचारका लागि अस्पताल पुर्याएको थियो।

घाइतेको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। युवकले बनाएको उक्त हतियारलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी कार्कीले बताए। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।