इलाम–२ को मतगणना गर्नका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौँ, १६ वैशाखः इलाम–२ को मतगणना गर्नका लागि सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठकलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए ।

सर्वदलीय बैठकका लागि सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालालाई बोलाइएको छ । इलाम नगरपालिका–२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिने भएको छ ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।