मटिहानी आगलागीः मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता

काठमाडौँ, १५ वैशाखः धेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । 

मुख्यमन्त्री यादवले शनिबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको एकीन विवरण पठाउन निर्देशन दिइसकिएकाले विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने बताउनुभयो । 

पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले हाल जिल्लास्थित विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालका लागि राहत वितरणका काम भइरहेका र क्षतिको विवरण आएपछि प्रदेश सरकारले छुट्टै राहत प्याकेज ल्याएर पीडितको पीडामा मलहम लगाउने कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

यही वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेको थिए भने ६० भन्दा बढी घरमा क्षति पुगेको थियो ।