इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्‍याउँछ : उम्मेदवार मिलन

इलाम क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्‍याउन सक्ने दाबी गरेका छन्। 

बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागि भएपछि सामाजिक सञ्जालमा लाइभ गर्दै लिम्बूले इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्याउने बताए। 

जनकल्याण आधारभूत विद्यालयमा मतदानपछि लिम्बूले भने, ‘इलामको निर्वाचनले देशलाई नयाँ चरणमा पुर्याउनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिती सामान्य उपस्थिती नभएर देशलाई नै नयाँ चरणमा पुर्याउने उपस्थिती हो।’ त्यस्तै मतदानमा सहभागि हुनका लागि इलाम—२ का मतदाताहरुलाई आग्रह गरे।