जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

 काठमाडौँ, १३ वैशाखः विश्व बैंकको सहयोगमा बन्न लागेको शिशुवा–सिसाघाट सडकअन्तर्गत शिशुुवाबाट खुदीखोलासम्मको सडक निर्माण गरिने भएको छ ।

पोखरा महानगरपालिका–३० को शिशुवा चोकबाट पूूर्वदक्षिण खुदीखोला पुलसम्मको चार दशमलव १४ किलोमिटर सडक निर्माणका लागि यही वैशाख २ गते निर्माण सम्झौता गरिएको थियो ।

सो सडक निर्माणको एक कार्यक्रमका बीच आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुुभयो । सो अवसरमा प्रमुख आचार्यले सडक निर्माणमा गुणस्तरीयतामा ख्याल गर्न आग्रह गर्दै सडकखण्डमा पर्ने निजी संरचना हटाएर सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुुभयो ।

सडक निमार्णमा स्रोतको कुनै कमी नहुने विश्वास व्यक्त गर्दै उहाँले सडक निर्माणपछि यस क्षेत्रको समृद्धिसँगै दिगो पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुुग्ने धारणा राख्नुुभयो । उहाँले महानगर क्षेत्रमा रु २८ अर्ब बराबर अनुदानका विभिन्न विकास योजना अघि बढेको जानकारी दिनुुभयो । विकासका काममा सबैले आ–आफ्नातर्फबाट साथ र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।

पोखरा महानगरपालिका इन्जिनियर नेत्रप्रसाद तिमल्सेनाले विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडकको कुल लागत रु ३४ करोड ११ लाख २० हजार दुई सय ९८ रहेको जानकारी गराउनुुभयो । निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिका प्रतिनिधि ई रोशन गिरीले परामर्शदाताको निर्देशनअनुसार स्थानीयको सहयोगमा निर्धारित १४ महिनामा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडासदस्य उमा परियार, वडा नं २७ का वडाध्यक्ष पूूर्णकुमार गुरुङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, ई जगन्नाथ कोइरालालगायतले समयमै सडक निर्माण सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुुभयो ।