काभ्रेमा आज बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते

काठमाडाैँ।  काभ्रेको भुम्लुमा आज (बुधबार) बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। प्रहरीका अनुसार काभ्रेको कात्तिकेदेउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो बिहान ८ः३० बजे भुम्लु गाउँपालिका-५, मुलाबारीमा सडकबाट खसेको हो। 

दुर्घटनामा चालकसहित १० जना घाइते भभएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्राथमिक उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोलाली पठाइएको छ। उक्त गाडीमा ८ महिला र २ पुरुष सवार थिए। 

घाइतेमध्ये तीन महिलाको अवस्था गम्भीर रहेको र अन्य ७ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 
घाइतेहरूको विवरण खुल्न बाँकी छ।