वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

अख्तियारको मोरलडाउन गर्दै सरकार, फैसलाको पूर्णपाठसमेत नकुरी मरासिनीलाई हतारहतारमा किन अर्थसचिव बनाइयो?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले निकै सक्रिय छ। प्रेमकुमार राई अख्तियार प्रमुख भएर आएपछि हरेक दिनजसो भ्रष्टाचारका मुद्दा दायर हुने गरेका छन्। सार्वजनिक जग्गा अतिक्रमण, ललितानिवास, कैलालीको टीकापुर र झापाको बालुवाटार जग्गा प्रकरणमा उनी निर्मम भए। 

त्यति मात्र होइन, नेशनल पेमेन्ट गेटवे प्रकरण,  सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा मुद्दा चलेको छ।  अख्तियारले नेशन पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक (भ्रष्टाचार हुँदा उनी सूचना प्रविधि केन्द्रका प्रमुख) सुनिल पौडेल मात्र भ्रषटारी ठहर भए।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीलाई सफाइ दियो। फैसला आएपनि पौडेललाई सजाय तोक्न बाँकी छ, २५ वैशाखमा पेसी छ।

https://barnanmedia.com/news/detail/173531/

ओलीको अनिच्छाका बीच एमाले राजनीतितर्फ अघि बढेका भण्डारीका पाइला

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपा स्थापना भएको ७५औँ स्थापना दिवस (हीरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरूको पनि उपस्थिति थियो ।

https://barnanmedia.com/news/detail/173535/

आज कतारका राजा आउँदै , देशभर सार्वजनिक बिदा

 कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् ।उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ ।

१८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै

 १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् ।​

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । जनताको विजय भएको खुसियालीमा वि.सं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२९ वटा कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा राखेको छ । कार्यालयले पुप्प कन्स्ट्रक्सन कम्पनीलाई पनि पुन कालो सूचीमा राखेको छ ।  

https://barnanmedia.com/news/detail/173541/

आज सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द

आज मंगलबार वैशाख ११ सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । 

कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् ।

 कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् ।

नेपाल प्रहरीभित्र डिआइजी बढुवामा रस्साकस्सी, चार सिटका लागि प्रतिस्पर्धी

नेपाल प्रहरीभित्र डिआइजी बढुवामा रस्साकस्सी चल्न थालेको छ । अहिले रिक्त रहेको तीन र जेठमा रिक्त हुने एकसहित चार सिटका लागि रस्साकस्सी चल्न थालेको हो । वैशाख ७ गते दुई एआइजी सन्दीप भण्डारी र मिरा चौधरी तथा डिआइजी विकास खनालको अनिवार्य अवकाश भएको थियो ।

भण्डारी र चौधरीको स्थानमा उमेशराज जोशी र भीम ढकाललाई बढुवा सिफारिस गरेपछि तीन डिआइजी खाली भएको हो । यस्तै जेठको पहिलो हप्ता सुरेन्द्र मैनालीको अवकाशपछि चार सिट रिक्त हुनेछ । उनीहरुको स्थानमा त्रिभुवन विमानस्थलमा रहेका एसएसपी कृष्णहरि शर्मा पोखरेल एक जनाको बढुवा कन्र्फम भएपनि अन्यको हकमा भने उनीभन्दा पछिल्ला व्याचीहरुको प्रतिस्पर्धा चलेको छ ।

सिद्धार्थ बैंकसहित तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

 एक वाणिज्य बैंक सहित तीन कम्पनीको ६ लाख २५ हजार ३३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । सिद्धार्थ बैंक लिमिटेडको ५ लाख १० हजार ३०७ कित्ता, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ हजार २६० कित्ता र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९५ हजार ४६६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सिद्धार्थ बैंकको शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा र किसान लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बुढानीलकण्ठ ,काठमाडौंमा आवेदन दिनुपर्नेछ ।  

तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ 

    सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ । 

    गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ । 

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
     
मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो । 

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी दिएको छ ।

पतञ्जलीले विज्ञापन प्रकाशित गरेको जानकारी दिएपछि न्यायाधीशले विज्ञापनको साइज यसअघि निकालेको विज्ञापनको जति ठूलो छ कि छैन भन्दै प्रश्न गरेका थिए । अदालतले रामदेव र बालकृष्णलाई आफूले गल्ती गरेको भन्दै अर्को दुई दिनभित्र अन रेकर्ड माफी माग्न निर्देशन दिएको छ । मुद्दाको अर्को सुनुवाइ अब अप्रिल ३० मा हुनेछ ।

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका छन् । आज काठमाडौंमा आइपुगेका अलथानीलाई राष्ट्रपति पौडेललगायत शीर्षस्था नेताले स्वागत गरेका थिए । विमानस्थलमा विशेष सम्मानपछि कतारका राजा अल थानी शीतल निवास प्रस्थान गरेका हुन् ।

त्यहाँ भेटवार्तापछि अल थानी सोल्टी होटलमा जाने र त्यहाँ राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गर्नेछन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा आएका हुन् । कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

https://barnanmedia.com/news/detail/173590/