इतिहास रचेपछि भारतका ग्रान्ड मास्टर डी गुकेशले के भने ?

भारतका १७ वर्षीय ग्रान्ड मास्टर डी गुकेशले आफ्नो अबको लक्ष्य विश्व च्याम्पियनसिप जित्ने बताएका छन् ।

इतिहास रच्दै गुकेश विश्व चेस च्याम्पियनसिपको सबैभन्दा कान्छो दावेदार बनेका छन् । गुकेशले भने, ‘म आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने योजनामा ​​छु । सहि कुराहरु गर्ने प्रयास गर्नेछु । चेस खेल्नको लागि कस्तो उपयुक्त अवस्था हुनुपर्छ त्यसमा बाँच्ने प्रयास गर्नेछु।

विश्वनाथन आनन्दको बारेमा गुकेशले भने, ‘विश्वनाथन आनन्दले मलाई मद्दत गरेको छ । उनले देशका धेरै युवा खेलाडीलाई सहयोग गरेका छन् । उहाँले प्रदान गर्नुभएको सहयोगको लागि म आभारी छु । ‘मैले अहिलेसम्म फाइनलको बारेमा सोचेको छैन। मैले धेरै समय पाएको छैन। तर छिट्टै म खेलको बारेमा सोच्न थाल्छु।

डी गुकेशले चेन्नईमा आयोजित छनोट प्रतियोगिता 'द क्यान्डिडेट' प्रतियोगिता जितेका थिए। यसपछि, डी गुकेशले टोरन्टोमा अमेरिकाका नाकामुरासँग फाइनल राउण्ड बराबरी गर्न सफल भए। तर, अन्तिम नतिजाका लागि डी गुकेशले अमेरिकाको कारुआना र रसियाको नेपोम्नियाच्चीबीचको खेलको नतिजा कुर्नुपरेको थियो ।

यी दुईबीचको खेल बराबरीमा सकिएपछि गुकेश विश्व चेस च्याम्पियनसिपको सबैभन्दा कान्छो दावेदार बने ।