भ्रष्टाचारकाे प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारकाे आरोपमा चम्पादेवी गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध मुद्दा दायर गरेको छ।चम्पादेवी गाउँपालिका, ओखलढुंगामा ०७४/७५ को बजेटमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित  ८ जनाविरूद्ध मुद्दा दायर गरेको हाे।

गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका इन्जिनियर नवीन श्रेष्ठ र सब-इन्जिनियर लोकबहादुर ठकुराठी विरुद्ध बिहीबार विशेष अदालतमा  दायर मुद्दामा अभियुक्त बनाइएको छ।

उनिहरू विरुद्ध  ९ लाख ४४ हजार रूपैयाँभन्दा बढीकाे  भ्रष्टाचार गरिएकाे छ।