अध्यापन अनुमति पत्र नक्कली, विशेष अदालतमा मुद्दा

जिल्ला पर्सा, धोबिनी गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानुले प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली पेश गरी नियुक्ति लिएको देखिएबाट निज जनार्दन प्रसाद कानुले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 16 को उपदफा (1) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा 16 को उपदफा (1) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।