जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई सोही नगरपालिका-११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।