सिधाकुरा टिमको बयान आज सकिएन, तिमिल्सिनालाई पनि झिकायो सर्वोच्चले

काठमाडौँ, २० वैशाखः सर्वोच्च अदालतमा सिधाकुरा डट कम अनलाइन र युट्युब च्यानलको टिमसँग बयानको क्रम भोलि पनि चल्ने भएको छ।

बिहीबार न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा अदालतको अवहेलना मुद्दामा बयान सुरू भएको थियो। सिधाकुराका युवराज कँडेल र नवीन ढुंगाना बयानका लागि बिहान १० बजे सर्वोच्च पुगेका थिए।

आज युवराज कँडेलको मात्र बयान सकिएकाले नवीन ढुंगानाको बयान भोलि हुने सर्वाेच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

कँडेलले बयानका क्रममा विवादित अडिओको स्रोत ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनाले उपलब्ध गराएको बयान दिएपछि सर्वोच्चले तिमिल्सिनालाई समेत झिकाएको छ। उनलाई प्रहरीको सहयोगमा वैशाख २३ गते इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेशमा उल्लेख छ।

द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई आज बयानका लागि बोलाएको थियो।